बझाङमा दिवा खाजा कार्यक्रमबाट ५१ हजार ३५ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित

Image
Nisarga Hospital

बझाङः एकीकृत पोषण सम्मेदनशिल दिवा खाजा कार्यक्रमको समीक्षा ,भाबी योजना ,तथा अनुगमन सम्बन्धी छलफल गरिएको छ । विद्यालय उमेर समूहका बालबालिकाको साक्षरता सिकाइ उपलब्धि सुधार गर्ने, उपस्थित ,सहभागीता, र सिकाइको गुणस्तर सुधार गर्ने, स्वास्थ्य र आहार सम्बन्धी व्यवहारमा परिवर्तन ल्याउने तथा असल अभ्यासको प्रयोग बढाउने , स्थानीय र क्षेत्रीय खरीद मार्फत खाद्य सहायताको प्रभावकारितामा सुधार गर्ने समयबद्धता , लागत प्रभावकारिता , स्वीकार्यता र उपयोगमा सुधार गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो ।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०८१ /८२ देखि दिवा खाजा कार्यक्रम जिल्लाका १२ वटै पालिकाका ४ सय ४९ सामुदायिक विद्यालयमा बालविकास देखि ८ कक्षा सम्म सञ्चालन सञ्चालनमा रहेको छ । यो कार्यक्रमबाट जिल्लाका ५१,०३५ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

बालबालिकाको शैक्षिक पहुँच, सहभागिता र सिकाइ स्तर अभिवृद्धि गर्न र उनीहरूको स्वास्थ्य तन्दुरुस्त राख्न जिल्लाका १२ वटै पालिकामा विद्यालय खाजा कार्यक्रम सञ्चालन गरिएको विद्यालय दिवा खाजा कार्यक्रम का कार्यक्रम सहजकर्ताहरूले बताएका छन् । ।

nawajiwan

तत्कालिक रूपमा बालबालिकाको भोक न्यूनीकरण गर्दै उनीहरूको पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरी शैक्षिक पहुँच, सहभागिता, निरन्तरता र सिकाइ स्तर अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यका साथ जिल्लामा अमेरिकी सरकार ,कृषि विभाग र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा, विश्व शिक्षा मसिर्कोर ,साइपाल विकास समाज र आइडिएस नेपालको सहजीकरणमा उक्त कार्यक्रम जिल्लामा लागु गरिएको हो ।

Attariya Hospital

साथै आज नै एकीकृत पोषण सम्बेदनशिल दिवा खाजा कार्यक्रम लाइ व्यवस्थित ,नियमित स्वच्छतायुक्त, र निरन्तरताको लागी बझाङ जिल्लाका सबै स्थानीयतहहरूबाट पारीत प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा दिवा खाजा ,पोषण स्वास्थ्य, सरसफाइ, ,स्थानीय कृषि उपज र गुणस्तरीय पठनपाठनको व्यवस्थापनको लागी आवश्यक बजेट सहित समावेश गर्ने लगाएतका तीन बुदे प्रतिबद्धता पत्रमा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा लगाएत पालिकाकाका प्रमुख उपप्रमुखहरूले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरूले दिवा खाज बनाउन भान्सा ,भान्से र इन्धनको समस्या रहेकाले यसको व्यवस्थापन तर्फ पालिकाले पनि जिम्मेवारी पुर्बक ध्यान दिनुपर्ने बताएका छन् । बालबालिकाहरूको स्वास्थ्य सबैको सरोकारको विषय भएकाले कार्यक्रम सफल पार्न सबैको महत्वपुर्ण भूमिका रहने भन्दै आफ्नो भूमिका निर्वाह गरी कार्यक्रम सफल पार्नुपर्ने बताएका थिए ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख सुरेन्द्र कठायतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा पालिकाका अध्यक्ष उपाध्यक्ष ,कृषि, शिक्षा शाखाका कर्मचारी पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।