धनगढीमा आर्ट फोटोग्राफी र चित्रकला सम्बन्धि प्रादेशिक कार्यशाला सम्पन्न

Image
Nisarga Hospital

धनगढी  : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान काठमाडौंको सहकार्यमा शुक्रबार धनगढीमा चित्रकला कार्यशाला तथा आर्ट फोटोग्राफी सम्बन्धि प्रादेशिक अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले समुदघाटन गर्दे सुदूरपश्चिममा ललितकलाको विकासका लागि सरकारले कार्ययोजना बनाएर अगाडि बढ्ने बताए।

CP Hospital Dhangadhi

उनले चित्रकला, फोटोग्राफी, हस्तकला र मूर्तिकलाको विकास गर्न सके यसलाई रोजगारसंग पनि जोड्न सकिने बताए। मन्त्री खड्काले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त र अधिकारमुखी बनाउन ऐन संशोधन कार्य अगाडि बढेको पनि बताए। कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले क्षमता र सीप हुदाहुदै पनि सुदूरपश्चिममा ललितकला बिधा पछाडि परेकोले प्रतिष्ठानले चित्रकला र फोटोग्राफी सम्बन्धि उपलब्धिमूलक कार्यक्रम सञ्चालन गर्न लागेको बताए।

Attariya Hospital

उनले हरेक वर्ष धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने कार्य आफूले शुरू गरेको बताउदै यस वर्ष पनि आगामी फागुन ८ देखि १२ गतेसम्म धनगढीमा प्रादेशिक प्रदर्शनीको तयारी भैरहेको बताए। उनले प्रतिष्ठान मार्फत् हस्तकला, मूर्तिकला, वास्तुकला र चित्रकलाको विकासका लागि तालिम सञ्चालन गरिने पनि बताए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिब देवेन्द्र थुम्केलीले सुदूरपश्चिमलाई लोककला र चित्रकलाको हब बनाउन सकिने बताए।

nawajiwan

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रदीप अधिकारी, प्राज्ञ सौरगंगा दर्शनधारी,सुदूरपश्चिम साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा प्राध्यापक हरिकृष्ण कडायत, कलाकार राजेन्द्र थापा, जीतबहादुर आउजी लगायतले आ आफ्ना बिचार राखेका थिए। उदघाटन पछि फोटोग्राफी र चित्रकला सम्बन्धि कार्यशालामा बीस जना कलाकारले प्रत्यक्ष चित्र बनाएका थिए। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालयमा सञ्चालन भएको कार्यशाला तथा अन्तरक्रियामा प्रदेशका विशिष्ट कलाकर्मीहरूको सहभागिता थियो।