आमा छोरीको एउटै चिहान

Image
Nisarga Hospital

बझाङ: घर बाट आफ्नो पसलको सामान लिनका लागी बजार पुगेकी थलारा गाउँपालिका वडा नम्बर ९ आमबगर की ४१ बर्षिया पञ्चमाला जोशिको शनिबार ढुङ्गा लागी मृत्यु भयो । करिब १६ बर्षदेखी महिला स्वास्थ्य स्वयम् सेविकाको काम गर्दै आएकी पञ्चमालाको मालुमेला नजीकै सडक माथि बाट ढुङ्गा लागेर घटना स्थलमा नै मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

उनको मृत्युको खबरले असैय पिडा खेप्न नसकेपछी १२ कक्षामा सेती क्याम्पस बगडगाउँ अध्यनरत छात्रा रोहिणी जोशिको आईतबार मृत्यु भयो । आमाको सबै भन्दा प्रिय छोरी रहेकी २४ बर्षिया रोहिणी जोशिको दात लागेर छलपटाहट भएपछी उनलाई उपचारका लगी नजीकै रहेको मालुमेला स्वास्थ्य चौकीमा स्थानीयले उपचारका लागी लगेका थिए । प्राथमिक उपचार गरेर केही समयपछी होसमा आएकी रोहिणी पुन बेहोस भएको स्थानीय ज्ञान बहादुर विष्टले बताए ।

Attariya Hospital

असैय पिडा देखाई रहेकी रोहिणीको पटक पटक दाँत लाग्ने र बेहोस हुने गरेकी थिईन् । धेरै पटक त्यस्तै चलि रहेपछी उनलाई थप उपचारका लागी जिल्ला अस्पतालमा ल्याएको थियो । तर जिल्ला अस्पतालमा पुग्नु अघि नै बाटो मै उनको निधन भै सकेको स्वास्थ्यकर्मी बताउन्छ । आमाको मृत्युको खबर सुन्ने वित्तीकै बेहोस भएकी रोहीणीको पनि मृत्यू हुन पुगेको स्थानीय समाज सेवि ज्ञान बहादुर विष्टले बताए ।

nawajiwan

पञ्चमाला जोशिको नाकमा चोट लागेको थियो । उनको घटना स्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पञ्चमालामा श्रीमान जगत प्रसाद जोशि रोजगारीका लागी विदेश गएका थिए । घरमा श्रीमतीको मृत्यु र छोरीको मृत्यु्को खबर पाएपछी जोशी घर पुगेको स्थानीयले बताएका छन् । अब उनका २ छोरी र १ छोरा छन् । सोमबार आमा छोरीको जराडी गाड र सेति नदिको दोभानमा अन्तिम दाहसंस्कार गरीएको थियो ।