
बझाङ- बझाङमा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्नेका लागि घोषणा गरिएको नगद पुरस्कार जनप्रिय माध्यमिक विद्यालयले हातपारेको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्नेका लागि वडा नम्बर १ का वडाध्यक्ष करनजंग बहादुर सिंहले घोषणा गरेको एक महिनाको पारिश्रमिक २२ हजार रुपैया पुरस्कार हातपारेको हो ।

शुक्रबारदेखि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँमा सुरुभएको पालिका स्तरीय ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँले हात पारेको छ । १२ स्वर्ण, ५ रजत र २ कास्य गरि जम्मा १९ पदक सहित जनप्रिय माविले उपाधि हात पारेको हो। प्रतियोगितामा आयोजित विभिन्न विधामा पालिकाभरका ८ वटा माध्यमिक विद्यालय मध्य सबैभन्दा उत्कृष्ट प्रदर्शन गरि उपाधि हासिल गर्दै वडाध्यक्ष सिंहले घोषणा गरेको एक महिनाको पारिश्रमिक २२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको पालिका खेलकुद समिति अध्यक्ष रवीन्द्र सिंहले जानकारी दिए । वडाध्यक्ष सिंहले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै विद्यालयस्तरीय प्रतिभा विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त पुरस्कार प्रदान गरेको बताए । वडाध्यक्ष सिंह जिल्लामै रनिङ शिल्ड प्रतियोगिताको उपाधि विजेतालाई व्यक्तिगत तवरबाट नगद पुरस्कार प्रदान गर्ने व्यक्ति बनेका छन् ।
प्रतियोगितामा द्वितीय बान्नीचौर माध्यमिक विद्यालय बान्नीचौर भएको छ । उसले ९ स्वर्ण, ४ रजत र ३ कास्य गरि १६ पदक हातपारेको छ।
यसैगरी सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर तृतीय भएको छ । २ स्वर्ण , ७ रजत , ६ कास्य सहि


१५ पदक प्राप्त गर्दै सत्यवादी तृतीय भएको हो । त्यस्तै क्रमशः ४ बाठपालि माध्यमिक विद्यालय बाठपालिले २ स्वर्ण, ३ रजत , ५ कास्य गरि १० पदक , ५ थलारा माध्यमिक विद्यालय थलाराले २ स्वर्ण, २ रजत, १ कास्य गरि ५ पदक , शान्ति माध्यमिक विद्यालय चौघानपाटाले १ स्वर्ण, २ रजत , ८ कास्य गरि ११ पदक , चन्द्रोदय माध्यमिक विद्यालय खतेडाले ४ रजत २ कास्य गरि ६ पदक प्राप्त गरेका छन् । यसैबीच अन्तमा मजखोरी माध्यमिक विद्यालय मजखोरीले १ रजत प्राप्त गरेको छ ।
प्रतियोगितामा एथलेटिक्स, , भलिबल, कबड्डी लगायतका विधाहरू समावेश गरिएको थियोे ।































