गयराति बझाङका दुई स्थानमा जिप दुर्घटना, एकै परिवारका ३ सहित ५ जनाको ज्यान गयो

Image
Nisarga Hospital

बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो।

CP Hospital Dhangadhi

राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।
जिप सडकमा अनियन्त्रित भइ  सय मिटर तल खसेको थियोे
यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे ।

दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

nawajiwan

प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको थियोे । बमबहादुर धामीको छोरीको भने उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा पुऱ्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरीले जनाएको छ ।
एकै गाउँका ३ जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । उक्त घटनाले बझाङबासीमा दु:ख छाएको छ। अधिकांश समाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरू बझाङ्गीका लागि हिजो कालो दिन भएको समेत भनेका छन ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना भएको थियोे ।

ग्रामीण सडकमा गाडी दुर्घटना, सर्वसाधारणको जीवन जोखिममा

ग्रामीण क्षेत्रका सडकमा गाडी दुर्घटनाको घटना दिनहुँजसो दोहोरिन थालेको छ। कमजोर सडक संरचना, सवारी साधनको लापरबाही, र सुरक्षा मापदण्डको अभावका कारण ग्रामीण सडकहरू सर्वसाधारणका लागि मृत्युमुख जस्तै बनेका छन्।

दुर्घटनाका मुख्य कारणहरू

सडकको कमजोर अवस्थाः अधिकांश ग्रामीण सडक अस्थायी र मर्मतविहीन छन्। सवारी चालकको लापरबाहीः तीव्र गति, मद्यपान गरेर गाडी चलाउनु, र नियमको उल्लंघन गर्नु दुर्घटनाको कारण देखिन्छन् ।

Attariya Hospital

ग्रामीण सडकमा सुरक्षा उपायको अभाव, गार्डरेइल, संकेत चिन्ह, र सडकमा प्रकाशको अभावले पनि दुर्घटना हुने गरेको छ ।
यसैगरी ग्रामीण सडकमा दुर्घटनाको अर्को मुख्य कारण भिरालो, तुँवालो, सडक साँघुरो तथा मोडहरू साँघुरो र भारी वर्षाको कारण सवारी साधन चिप्लने रहेको छ ।

स्थानीय बासिन्दाको भनाइ

स्थानीयहरूले राज्यको वेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। “हाम्रो ज्यान दिनदिनै जोखिममा छ। सरकारले सडक मर्मत सम्भारमा ध्यान नदिँदा हामीले आफ्नो ज्यान सुम्पिन बाध्य छौं,” छबिसपाथिभेरा गाउँपालिका स्थानीय दिपेन्द्र बोहराले भने ।

सरकारी उदासीनता

सडक निर्माण र मर्मतका लागि बजेट विनियोजन भए पनि त्यसको प्रभावकारी प्रयोग हुन नसक्दा दुर्घटनाको जोखिम झन् बढेको छ। स्थानीय तहका अधिकारीहरूले भने जनशक्तिको अभाव र बजेटको कमीले समस्या समाधानमा ढिलाइ भएको स्वीकार गरेका छन्।

समाधानका उपाय

विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा दुर्घटना रोक्नका लागि सडक स्तरोन्नति, सवारी चालकलाई तालिम, र ट्राफिक नियमको कडाइ गर्न आवश्यक छ। साथै, सवारी साधनको नियमित प्राविधिक जाँच अनिवार्य गरिनुपर्छ।

सरकार र स्थानीय प्रशासनले शीघ्र कदम चाल्दै उचित योजना कार्यान्वयन नगर्ने हो भने ग्रामीण क्षेत्रमा गाडी दुर्घटनाबाट हुने जनधनको क्षति अझै भयावह बन्न सक्ने चेतावनी दिइएको छ।