
जिल्ला ट्राफिक कार्यालय बझाङले आज एकै दिन १७ वटा रातो नम्बर राखेका जिप लाइ नियन्त्रणमा लिएको छ । पटक पटक रातो नम्बर प्लेटका गाडीमा यात्रु बोकेर नचलाउन आग्रह गर्दा गदै पनि अटेरी गरेको पाइएपछि नियम विपरीत चल्ने रातो नम्बर पिलेटका १७ सवारी साधन लाइ नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख विनोद बिष्टले बताउनुभयो ।

अधिकांश ठाउँमा यस्ता जिप दुर्घटना पनि बढी हुने र बिमा पनि नहुने भएकाले यस्ता सबारी लाइ कार्बाही गरीने गरिएको छ । रातो नम्बर प्लेटका सवारी साधन निजी प्रयोजनका लागि हो, ती सवारी साधनले भाडा लिएर यात्रु बोक्न पाउँदैनन् । तर, हाल जिल्लाका विभिन्न रुटमा यस्ता सवारी साधनले भाडा लिएर यात्रु बोक्ने गरेको र दुर्घटना हुनेमा पनि बढि यस्ता नै सबारी बढि देखिएकाले यो कार्य अगाडी बढाइएको ट्राफिक प्रमुख बिष्टले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयले २०७० फागुन २८ गते आफू मातहतका ट्राफिक प्रहरी कार्यालयलाई एउटा निर्देशन जारी ग¥यो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने निर्देशनमा उल्लेख छ ।

































