बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ प्रतियोगिता सुरू

Image
Nisarga Hospital

नरेश बिष्ट बझाङ। बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

CP Hospital Dhangadhi

स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुलनाराका साथ आइतबारदेखि सुनकुडा माध्यमिक विद्यालयमा पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा मष्टा माध्यमिक विद्यालय मल्लाधारी , सुनकुडा माध्यमिक विद्यालय सुनकुडा, भगवती माध्यमिक विद्यालय पोखरी , देवेश्वरी माध्यमिक विद्यालय देउलेख , महादेव माध्यमिक विद्यालय लिम र केदार माध्यमिक विद्यालय बित्थड गरि ६ वटा  विद्यालयहरूले सहभागितामा जनाएको सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर बमले जानकारी दिनुभएको छ ।

nawajiwan
Attariya Hospital

प्रतियोगितामा एथलेटिक्स, , भलिबल, कबड्डी लगायतका विधाहरू समावेश गरिएका छन्। सहभागी खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला तथा प्रदेश स्तरसम्मका लागि छनोट हुने अवसर पाउने छन्।

रनिङ शिल्ड प्रतियोगिताले पालिकाभरका प्रतिभावान खेलाडीहरू पहिचान गर्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको आज उद्घाटन मात्रै भएको र भोलिबाट खेलहरू सञ्चालन हुने प्रधानाध्यापक बमले बताउनुभयो ।