बझाङमा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा माबी स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

Image
Nisarga Hospital

बझाङः बझाङमा २४ औँ सशस्त्र प्रहरी दिवस को अवसरमा माबी स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको आयोजनामा आज जयपृथ्बी नगरपालिका माबी स्तरीय हाजिरी जवाफ प्रतियोगीता गरिएको हो । बालबालिकामा भएको क्षमताहरूलाई विकास गरी गुणस्तरीय शिक्षा हासिल गर्न र लोक सेवामा प्रवेश गर्दा सहज होस भन्ने हेतुले सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले यस्तो प्रतियोगीता पहिलो पटक गरेको हो ।

CP Hospital Dhangadhi

सत्यवादी माबीमा भएको प्रतियोगीतामा नगरपालिका भरीका पाँच वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका थिए । जसमा प्रथम सत्यवादी माबी भोपुर, द्वितीय बालविकास माबी गोलाइ, तृतीय सुनिपिपलचौर माबी सुबेडा र सान्त्वना जालपा माध्यमिक विद्यालय र पाण्डु माबी पडेस भएका छन् । प्रथम,द्वितीय,तृतीयर सान्त्वना हुने लाइ पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा जयपृथ्बी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले भूकम्प लगायत अन्य प्राकृतिक प्रकोप नियन्त्रण र उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका सदैव तारिफ योग्य रहेको समयमा शैक्षिक क्षेत्रमा गरिएको यो प्रयास पनि प्रशँसा योग्य रहेको बताउनुभयो ।

nawajiwan

Attariya Hospital

कार्यक्रमका सभाध्यक्ष तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गा प्रसाद भट्टले विद्यार्थीको क्षमता बढाउन यो पहिलो प्रयास भएको भन्दै आगामी दिनमा पनि अन्य पालिकाका विद्यालयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा जयपृथ्बी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई ,सुरक्षा निकायका प्रमुख, पत्रकार महासङ्घका अध्यक्ष ललित सिंह,कोषाध्यक्ष दोरेन्द्र खड्का, शिक्षक विद्यार्थी अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले भोलि बिहान चैनपुरमा रहेको सुर्मा देवी मन्दिर सरसफाइ गर्ने र सचेतना मूलकहरू कार्यक्रम पनि गदै जाने सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गा प्रसाद भट्टले बताउनुभयो ।