सुदूरपश्चिम प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सवको भव्य उदघाटन

Image
Nisarga Hospital

धनगगढीः सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानले लोक सांस्कृतिक समाज फुलबारीसंगको सहकार्यमा आज ९मंगलबार० देखि धनगढीस्थित फूलबारीमा सुदूरपश्चिम प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव शुरू गरेको छ।

CP Hospital Dhangadhi

लोक सांस्कृतिक महोत्सवको एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समुदघाटन गरेका छन्।
महोत्सवको उद्घाटन गर्दे प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला र संस्कृतिको भण्डार भएको बताए। उनले सुदूरपश्चिम लाई सुदूर भन्न नहुने बताऊदै यो प्रदेश सुन्दर पश्चिम भएको बताए।

उनले सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानले गरिरहेको प्रशंसनीय कार्यप्रति धन्यबाद ब्यक्त गर्दे राज्यले प्रतिष्ठानलाई स्वायत्त र सम्पन्न बनाउन सके प्रदेशको सांस्कृतिक उन्नयनमा थप बल पुग्ने विश्वास पनि ब्यक्त गरे।

nawajiwan

कार्यक्रममा प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदूरपश्चिम प्रदेशलाई सांस्कृतिक फूलबारीको रूपमा चित्रण गर्दे प्रदेशको पहिचानसंग यहाँको कला, संस्कृति र भाषाको महत्वपूर्ण योगदान हुने बताए।
सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले समृद्ध सुदूरपश्चिमको अभियानलाई अगाडि बढाउन प्रतिष्ठानले सांस्कृतिक प्रबर्द्धनमा जोड दिएको बताए। उनले प्रतिष्ठानलाई यस प्रदेशको प्राज्ञिक र सांस्कृतिक उन्नयनमा अगाडि बढाउन आफू प्रयासरत भएको बताए।

Attariya Hospital

पुष २७ गतेसम्म पाँच दिन सञ्चालन हुने लोक सांस्कृतिक महोत्सवको उदघाटन समारोहमा पूर्व सांसद् यज्ञराज पाठक, पूर्व सांसद नेपालु चौधरी, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा . हरिश्चन्द्र भट्ट, नेपाली काङ्ग्रेसका नेता भीम पडाल, बामपन्थी नेता दिनेशचन्द्र सुबेदी, नवजीवन सहकारीका अध्यक्ष देव बम, लोक सांस्कृतिक समाज फुलबारीका अध्यक्ष तिलक बहादुर ओलीलगायतले महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गरे।

समारोहमा बिभिन्न संस्कृति झल्किने झाँकी प्रस्तुत गरिनुका साथै बाजुरा र बझाङको भुवा खेल, तामाङ समुदायको तामाङ सेलो, डेउडा, ठाडी भाका, फाग, माङल, हुडकेली, पञ्चेबाजा र थारू समुदायको लोकप्रिय नृत्य सखिया प्रस्तुत गरिएको थियो।

सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले महोत्सवमा पाँच दिनसम्म प्रदेशको संस्कृति झल्किने गरि लोकनृत्य र लोकगायन र लोकबाजा प्रस्तुत गरिने बताए। कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुति रहने बताइएको छ। महोत्सवमा हज्जारौ दर्शकको उत्साहजनक उपस्थिति रहेको छ।