कास्कीबाट धरौटीमा छुटे पनि रास्वपा सभापति लामिछाने पुनः पक्राउ पर्ने

Image
Nisarga Hospital

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरे पनि उनी पुनः पक्राउ पर्ने भएका छन् ।

CP Hospital Dhangadhi

यसअघि नै पक्राउ पुर्जी जारी भइसकेका जिल्लामा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा पठाउने छ । सभापति रविविरुद्ध काठमाण्डु, रुपन्देही लगायत जिल्लामा पक्राउ पुर्जी जारी भइसकेको छ ।

Attariya Hospital

कास्की जिल्ला अदालतले रविलाई ६५ लाख र पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटीमा रिहा गरेको छ । कास्की अदालतको आदेश कास्की जिल्लाका हकमा मात्रै लागू हुने भएकाले अन्य जिल्लाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा नै राख्नेछ । काठमाण्डु जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाण्डु पुर्‍याउनेछ ।

nawajiwan