‘माघी मिलन कार्यक्रम’ थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका वडा नंम्वर १५ उर्मी कनरीमा माघी मिलन कार्यक्रम सम्पन्न गरिएको छ । थारु समुदायको वसोवास रहेको उर्मी कनरीमा प्रत्येक वर्ष माघी मिलन कार्यक्रम गरिदै आएको छ । धनगढी उपमहानगरपालिका वडा नंम्वर १५ को आर्थिक सहयोग तथा माघी मिलन संचालक समितिकोे आयोजनामा एक दिने माघी मिलन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेशसभा सदस्य डम्मरी महरा (रक्षा) ले थारु समुदायको मुख्य पर्व माघीलाई थारु समुदायको भेषभुषा र संस्कृतिलाई संसारभर चिनाउने माध्यमको रुपमा उपयोग गर्दै आफ्नो कला संस्कृतिका साथै खानाका परिकारहरुको पनि प्रचार गर्न आवश्यक रहेको बताईन् । थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रुपमा लिईने माघि पर्वले संस्कृतिको संरक्षण र सम्बर्धनमा महत्वपुर्ण टेवा पुराउदै आएकोमा उनले जोड दिईन । सरकारले मात्र संस्कृति बचाउन नसक्ने भन्दै प्रदेश सभा सदस्य महराले त्यसको लागी नयाँ पुस्तालाई सिकाएर सबैले एक जुट हुन आवश्यक रहेको बताईन् । यस्तै कार्यक्रमा बिशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका वडा नंम्वर १५ उर्मीका अध्यक्ष  सुखदेब राना थारुले भने – ‘केही वर्षअघि देखि पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेका थिए ’ । उनले भने, ‘देशमा गणतन्त्र आए सँगै जनप्रतिनिधि चुन्न थालेपछि संस्कृति जोगाउनका लागि बजेटको व्यवस्था हुन थाल्याे र कार्यक्रम हुन थालेकाे हाे ।’ माघी मिलन कार्यक्रममा थारु संस्कृति झल्कने परम्परागत पहिरन, भेषभुषा, विभिन्न नाच,थारु गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । माघी मिलन संचालक समितिकी अध्यक्ष चन्की चौधरीको अध्यक्षतामा भएको कार्याक्रमको स्वागत मन्तव्य सचिब करिश्मा चौधरीले गरेकी थिईन् । कार्यक्रममा वडा सदस्य सुस्मा चौधरी,दल ब.रोकाया, मन्त्रि राना ,मंगली कार्की, कोशीश कैलालीका अध्यक्ष मनोज चौधरी ,समाजका भलभन्सा लगायतले शुभकममना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण मन्कु चौधरीले गरेका थिए ।  

CP Hospital Dhangadhi
Attariya Hospital