
धनगढी ः थारु समुदायको महान पर्व माघी तथा नयाँ वर्षको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा ४ औं कनरी माघ मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
“राष्ट्रिय एकता व विविधता हमर शान,थारु भाष, संस्कुती बचैना हमार अभियान’’ भन्ने मुल नाराका साथ कनरी भलमन्सा समितिको आयोजनामा कार्यक्रम भएको हो ।
कनरी भलमन्सा समितिकी संयोजक असरानी चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ९मनु० रहेका थिए । शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले थारु जातिको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउदै यसका लागि सबैको सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रुपमा लिईने माघी पर्वले संस्कृतिको संरक्षण र सम्बर्धनमा महत्वपुर्ण टेवा पुराउदै आएकोमा उनले जोड दिए । थारु समुदायको कला र संस्कृतिलाई जस्तोसुकै परिस्थितिमा पनि एकताबद्ध भई जोगाउनुपर्ने उनले वताए । उनले थारु समुदायको विकासमा पहलकदमी चाल्ने प्रतिबद्धता व्यक्त गरे ।



कार्यक्रममा विशिष्ठ अतिथीमा नेपाली कांग्रेस क्षेत्र नं.५ का क्षेत्रीय सभापती भिम पडाल,धनगढी उपमहानगरपालिका वडा नम्बर १५का वडा अध्यक्ष सुखदेव राना थारु , धनगढी उपमहानगरपालिका कार्यपालीका सदस्य सुस्मा चैधरी ,कोशीस कैलालीका अध्यक्ष मनोज चौधरी,धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य डबल बहादुर रोकाया ,सामुदायीक बनका अध्यक्ष लगाएतले शुभकामना व्यक्त गरेका थिए । माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत लगाएत थारु लोकसंस्कृति, लोकगीत, स्थानीय तथा राष्ट्रिय थारू कलाकारहरुको गीत तथा नृत्य, नाटक, सखिया नाच प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजिकरण करिश्मा चौधरीले गरेकी थिइन् ।































