
अत्तरियाः मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा आज देखि बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ ।

यसका लागी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।



मकर मेला भर्न सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउवाट आज विहानै देखि गोदावरीमा भक्तजन आउने क्रम जारी छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको आयोजकले जनाएको छ ।
उदघाटन कार्यक्रममा प्रदेशका सांसद खिमादेबी बिष्ट, कैलाली जिल्ला प्रशासन कार्यालय प्रमुख ई. गोगन बहादुर हमाल, नेपाल प्रहरी, र सशस्त्र प्रहरी प्रमुख लगायत स्थानिय जनप्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो ।

































