बझाङमा घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खस्दा महिलाको मृत्यु, आमाको निधनपछि बच्चाहरूको बिचल्ली

Image
Nisarga Hospital

धनगढी- मृत्यु भन्ने कुरा कसैको लागि अकल्पनीय र असह्य पीडा हो। यस्तै दुःखद घटना बझाङको एक परिवारमा भएको छ। जिल्लाको थलारा गाउँपालिका ३ देबलमाझ कि अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको असामयिक निधनले उनका दुई साना नाबालक छोराछोरी बिचल्लीमा परेका छन्।

CP Hospital Dhangadhi

राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन्। आमाको मृत्युपछि यी साना बच्चाहरूको हेरचाह र भविष्यप्रति परिवार निकै चिन्तित छ।

नवजात शिशुलाई अझै पनि नियमित स्तनपानको आवश्यकता थियो। आमा गुमाएपछि बच्चालाई कसरी उचित स्याहार दिने भन्ने चिन्ताले परिवारलाई पिरोलेको छ।
ढाई वर्षको छोरालाई आमा गुमाउनुको अर्थ बुझ्न नसक्ने उमेरमा ठूलो मानसिक असर पर्ने खतरा छ।

nawajiwan

राधिकाको घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा च्यापेर मृत्यु भएको हो ।

Attariya Hospital

सोमबार दिउँसो करिव १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधरभुत विद्यालय माथितिर घर पोत्ने माटो खन्ने क्रममा ढुंगा पल्टिँदा उनको घटना स्थलमै ज्यान गएको सोही वडाका वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । माटोको खानीमाथि ठुलो ढुंगा रहेको र आइतबार राति परेको पानीले माटो गलेका कारण ढुंगा खसेको हुनसक्ने वडाध्यक्ष भण्डारीको भनाइ छ ।

राधिकाका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुख रहेका छन । ससुरा भोजराज उपाध्याय भगवती आधारभूत विद्यालय देवल बाँझमा प्रधानाध्यापक छन् ।

माघि पर्वको मुखैमा २४ वर्षीया राधिकाको मृत्यु हुँदा देवलबाझ गाउँ नै शोकमा डुबेको छ ।