नगरस्तरीय वक्तृत्वकलामा प.प.मा.वि.का छात्रा कञ्चन पाली प्रथम

Image
Nisarga Hospital

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली प्रथम भएकी छन् ।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वाटर डोटीले २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा आयोजना गरेको नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।

“नशा रहित युवा हाम्रो देशको कर्णधार, सिमानाको रक्षा राष्ट्र निर्माणको आधार” भन्ने शीर्षकमा आयोजित सो वक्तृत्वकला प्रतियोगितामा पवित्रा आवासीय माध्यमिक विद्यालय सिलगढीकी छात्रा अञ्जिता मलासी द्वितिय र दुर्गा माध्यमिक विद्यालय पाकरीका छात्र छत्र बहादुर बिष्ट तृतीय भएका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रथम हुनेलाई रु.५ हजार नगद सहित प्रमाण पत्र, द्वितीय हुनेलाई रु.२ हजार ५ सय सहित प्रमाणपत्र र तृतिय हुनेलाई रु. १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको जनाईएको छ । त्यस्तै चौथो र पाँचौमा सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगि विद्यार्थीहरुलाई पेन, डायरी लगाएत पुरुस्कार प्रदान गरिएको थियो ।

युवा विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापका माध्यमबाट धुम्रपान मध्यपानको प्रयोग नगर्न र सिमा रक्षा तथा देशप्रति सकारात्मक भावना जगाउन सचेतना फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभाअध्यक्ष एवं सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वाटरका इन्स्पेक्टर अजय ठाकुरले बताए ।

बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नुका साथै सिर्जनशिल बनाउने भएकाले उनिहरुको चौतर्फि विकासका लागि वक्तृत्वकला लगाएतका अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने कार्यक्रमका प्रमूख अतिथि एवं दिपायल सिलगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमूख लक्ष्मीराज ओझाले बताए । शान्ति सुरक्षाका लागि स्थापित सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर यस्ता कार्यक्रम आयोजना गरेकोमा नगरपालिकाको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे ।

दिपायल सिलगढी नगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी जम्मा १९ वटा माध्यमिक विद्यालय भएता पनि वक्तृत्वकला प्रतियोगितामा भने ७ वटा विद्यालयको मात्रै सहभागिता रहेको थियो ।
पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Dhnagadhi & Krishanapur