बझाङका सात वटै पालिकाले आफ्नै प्रशासकिय भवन बाट सेवा प्रभाह गर्दै

Image
Nisarga Hospital

बझाङ: बझाङ जिल्लाको विथ्थडचिर गाउँपालिकाले बुधबार प्रशासकीय भवनको उद्घाटन गरिएको छ । विथ्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर सिहँ महरले एक औपचारीक कार्यक्रमका विच नव निर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन गरीएको नब निर्मित चार तले प्रशासकीय भवन उद्घाटन पश्चात नागरीकलाई सेवा प्रवाह गर्न निकै सजिलो भएको कार्यक्रममा सहभागी नागीकहरुले बताएका छन् । २०७९ जेठमा ए.एम.किनारा जेभिले ५ करोड ६५ लाखमा ठेक्का पारेको थियो ।

CP Hospital Dhangadhi

उक्त भवन समयमा नै निर्माण कार्य सम्पन्न नभएपछी समय थप गरेर भवन निर्माणको कार्य सम्पन्न गरेको हो । भवन अभावका कारण एउटै कोठामा ३।४ वटा शाखाहरु राखेर सेवा प्रवाहगर्नु परेको थियो । तर अहिले भवन निर्माण कार्य सम्पन्न भएपछी सेवा दिनका लागी निकै सहज हुने प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए । पहिला भवन नहुँदा सेवा लिन आएका नागरीकहरु पनि अलमलमा पर्ने गरेका थिए । अब यो भवन बाट सेवा प्रभाह हुन थालेपछी कुनै पनि सेवा ग्राहिहरुले अलमलिन नपर्ने बताए । पहिला भन्दा सेवाग्राहीहरुको काम पनि अब छिटो र छरीतो हुने विश्वास आफुले लिएको प्रमुख प्रशासकीय उपाध्याले बताए ।

nawajiwan

शब्द बाचत मार्फत नब निर्मित भवनको पालिकाका अध्यक्ष महरले गर्नु भएको थियो । यस्तै गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मि सिहँले रिबन काट्दै उद्घाटन गर्नु भएको थियो ।

नव निर्मित प्रशासकीय भवनको उद्घाटन समारोहको अवसरमा पालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी मिलेर डेउडा समेत खेल्नु भएको थियो । कार्यक्रममा बोल्दै विथ्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मि सिहँले पालिका बाट दिईने सेवाहरु निकै नै चुस्त दुरुस्त राखेको बताएदै, उनले यो भवन निर्माणकार्य सम्पन्न भए पश्चात यो भवन बाट सेवा प्रवाह गर्दा थप सहज भएको बताए । अब कुनै पनि सेवाग्राहीहरुले गुनासो नगर्ने, पालिकाको काम चुस्त दुरुस्त तरीका आफुहरु अघि बढी रहेको बताईन् । उनले एक रुपता नभएर जनप्रतिनिधीले एक्लै ले केही पनी गर्न नसक्ने बताईन् । काम कति भएको छ ? भन्ने कुराको अवलोकन र मुल्याङ्कन आम नागरिक गर्नु पर्ने र गरेको बताईन् ।

Attariya Hospital

अब सेवा लिन आउँदा कुर्नै पनि सेवाग्राहीहरुले लाईनमा बस्न नपर्ने, अलमलिन नपर्ने गाउँपालिकाका अध्यक्ष अमर सिहँ महरले बताए । उनले भने, आफुहरु पालिकाको विकासका लागी अहोराद्र खटि रहेको बताउदै, पालिकाको सिमित बजेटका कारण नागरीकले अपेक्षा गरे अनुसार काम गर्न नसकिएको बताए । आफुहरुले पनि माथिल्लो निकाय प्रदेश सरकार र संघिय सरकारलाई बजेटको माग गर्दै आएको र बजेट भनेजती प्रदेश र संघिय सरकारले विनियोजन नगर्ने भएका कारण विकास भनेजती गर्न नसकेको बताए । तर आम नागरीकको अति आवष्यक कामहरु पालिकाले गर्दै आएको बताए । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका बताए ।

आफुलाई कुनै पनी दलको रुपमा नहेरी पालिकाको अभिभावक तथा अध्यक्षका रुपमा मात्रै बुझी दिन आग्रह गर्नु भयो । साथै यो भवन निर्माण गर्नका लागी सहयोग गर्नु हुाने सम्पुर्ण मजदुर कर्मचारी र जनप्रतिनिधीलाई धन्यबाद ज्ञापन गर्नु भयो । काम गर्ने कर्मचारीको साथमा आफु रहेको र जन्ताको पक्षमा काम गर्न नमान्ने कर्मचारीलाई आफु राख्न नसक्ने बताए । काम गर्नेहरुको हकमा भने आफु भगवान मानेर अघि बढेको र बढ्ने बताए । काठमान्डौ बस्ने गरेको भनेर गुनासो गरेको बताउदै उनले आफु काठमान्डौ बसे संघिय सरकार बाट राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत भवन, ८० करोडको विद्युत, झोलुङगेपुल , खानेपानी जस्ता योजनाका लागी बजेट विनियोजन गरेको बताए ।

यस गाउँपालिकाले नव निर्मित भवन बाट सेवा प्रवाह गरे संगै बझाङ जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु मध्ये सात वटा पालिकाहरुले आफ्नै प्रशासकीय भवन बाट सेवा प्रवाह गर्न सुरु गरेका छन् ।

गाउँपालिकाहरुको प्रशासकीय भवन निर्माणधिन अवस्थामा रहेका छन् । अन्य तलकोट गाउँपालिका, बुंगल नगरपालिका, जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, छविसपाथिभेरा गाउँपालिकाले भने आफ्नै प्रशासकीय भवन बाट सेवा प्रभाह गर्न सुरु गरेको छ । विथ्थडचिर गाउँपालिकाले आफ्नै प्रशासकिय भवन बाट सेवा प्रभाह गर्दै भुकम्पले दरा दरा भएको भवन बाट सेवा प्रवानह गर्नु परेको थियो । सम्झौता भएको २०७९ जेठमा सम्झौता भएको थियो ।
जिल्लाको सुर्मा गाउँपालिका, साईपाल गाउँपालिका, मष्टा गाउँपालिका,दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकामा भने भवन निर्माणधिन र प्रकृयामा रहेका छन् ।