सिगास गाउँपालिका सहित बैतडीका ४५ हजार घरधुरीमा बिजुली पुर्‍याइने

Image
Nisarga Hospital

बैतडी: बैतडी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम सुरु भएसँगै त्यहाँका छ हजार घरधुरीमा बिजुली बलेको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये हालसम्म २७ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् । चालु आर्थिक वर्षमा थप आठ हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ विद्युतीकरणको काम भइरहेको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ ।

CP Hospital Dhangadhi

बैतडीलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यका साथ तल्लो स्वराड क्षेत्र, सिगास र पुर्चौडी क्षेत्रमा प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो ।

Attariya Hospital

२०८२ सालभित्र बैतडीमा एउटा पनि घर अँध्यारो नरहने गरेर पूर्ण विद्युतीकरण गर्ने योजना रहेको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ  । बिजुली बाल्न पाटन नगरपालिकाको पाटन, दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा, सिगास गाउँपालिकाको वृन्दावन र मेलौली नगरपालिका गरेर चार ठाउँमा ३३/११ केभीका सब स्टेसन निर्माणको काम भइरहेको जनाइएको छ । ठेक्कामार्फत बिजुलीका पोल र तार तान्ने काम धमाधम भइरहेको जनाइएको छ ।

nawajiwan

चार वटा सबस्टेसनमध्ये पाटन र मेलौली नगरपालिकास्थित ३३ केभी सबस्टेसन निर्माण, प्रसारणलाई विस्तारको काम सम्पन्न भएर स्विचयार्ड मेसिन जडानको काम बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । विन्दद्रावन र दोगडाकेदारमा सव स्टेसनको भवन निर्माण भइरहेको छ ।