कैलालीमा बढ्दो उच्च रक्तचाप र मधुमेहकोलाई सम्बोधन गर्न स्थानीय तहका जनप्रतिनिधिको प्रतिबद्धता

Image
Nisarga Hospital

धनगढी : कैलालीका स्थानीयतहसंग नसर्ने रोग उच्च रक्तचाप र मधुमेह सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार धनगढीमा स्वास्थ्य कार्यालय कैलालीको समन्वयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा कार्यक्रम भएको हो । कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता कार्यक्रम भएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट गौरीगंगा नगरपालिका मेयर देवीदत्त कडेलले समाजमा उच्चरक्त चाप र मधुमेह जस्ता नसर्ने रोग संक्रमितको संख्या बढ्दै गएको उल्लेख गरे । मानवीय क्रियाकलापले गर्दा नै यी रोग संक्रमितहरुको संख्या बढेको बताउँदै त्यसका लागि मनोपरामर्श र नियमित योगहरुको आवश्कता महशुस भएका धारणा व्यक्त गरे । यी रोगको संक्रमितहरुको उपचारका लागि स्वास्थ्य संस्थाले सोधिखोजि गर्नुपर्ने बताए । कार्यक्रमहरु प्रभावकारी बनाउनका लागि स्वास्थ्य संस्थाहरुलाई स्रोत साधन सम्पन्न बनाउन आवश्यक रहेको मेयर कडेलले औल्याए ।

nawajiwan

उच्च रक्तचाप र मधुमेह रोगका संक्रमण रोक्नका लागि खोज्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा. रईस पोखरेलले बताए । उपचारमा ढिलाई हुँदा बिरामीलाई जोखिम हुने हुँदा समयमा रोगको पहिचान गरेर नियमित औषधी खुवाउन पर्ने उनले बताए । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र कैलालीका प्रमुख नरेन्द्र कार्कीले नसर्ने रोगको निराकरणका लागि खानपानमा विशेष ध्यान पुगाउनुपर्ने बताए । स्वस्थजीवन यापनका लागि कुनै संस्था या व्यक्ति भन्दा पनि सबै भन्दा पहिले स्वंयम नै बढी जिम्मेवार रहन आवश्यक रहेको उनले बताए ।

Attariya Hospital

कार्यक्रममा स्वास्थ्य कार्यलय कैलालीका प्रमुख रमेश कुँवरले उच्चरक्त चाप र मधुमेह रोगका अवस्था डरलाग्दो रहेको बताए । कैलालीमा उच्चरक्त चापका ४४ हजार र मधुमेहका १४ सय बिरामीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको उनले बताए । उनले यो रोग संक्रमितहरुको भार कम गर्नका लागि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको चुनौतीको विषय भएको बताए । भएका नीतिहरु कार्यान्वन नहुँदा पनि उच्च रक्तचाप र मधुमेहका बिरामीहरुको पहिचान हुन नसकेको उनले बताए । समाजमा अझै पनि नसर्ने रोगका सबैलाई जानकारी हुन नसकेको उनले बताए । कार्यक्रममा घोडाघोडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी कैलाश डगौरा थारुले नसर्ने रोगहरु उच्च रक्तचाप, मधुेमह रोगीलाई नै लक्षित गरेर शिविरहरु सञ्चालन हुने गरेको बताए । यस्तै कार्यक्रमका अर्को सहभागि धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत योगेश अवस्थाले उच्चरक्तचापका बिरामीहरुको चाप धनगढीमा थेगि नसक्नु रहेको बताए ।

यसका लागि उपमहानरगपालिकाले वडामा शिविरहरु सञ्चालन गर्ने गरेको उनले बताए । कार्यक्रममा कैलालीमा उच्च रक्तचाप र मधुमेहको भारलाई सम्बोधन गर्न स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

उच्च रक्तचाप र मधुमेहले समाजमा स्वास्थ्य, सामाजिक र आर्थिक भारको मनन गर्दै सम्बोधन गर्न तयार रहेको जनप्रतिनिधिले बताएका छन् । स्थानीय सरकारले यस प्रकारका रोग नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले चालेक कदमको समेत समर्थन गर्ने जनाएका छन् । विश्व स्वास्थ्य संघका आर्थिक सहयोगमा भएको कार्यक्रममा कैलालीका १३ वटै पालिकाहरुका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । यस प्रकारका रोग नियन्त्रण गर्न स्थानीय सरकारसंग भएको श्रोतको पनि भरपुर प्रयोग गर्ने जनप्रतिनिधिले प्रतिबद्धता जनाएको पत्रमा उल्लेख गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति कैलालीको प्रमुख टीका चौधरी भुलको अध्यक्षतामा भएको हो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कैलालीका कार्यरत अधिकृत जनक जोशीले गरेका हुन ।