बझाङ सदरमुकाम चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पताल अनुगमन, अमिसा हस्पिटलमा तालाबन्दी लगायो

Image
Nisarga Hospital

बझाङ: बझाङ सदरमुकाम  चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पताल अनुगमन गरीएको छ । औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ, र जिल्ला स्वास्थ्य कार्यालय बझाङको संयुक्त अनुगमन टोलीले  चैनपुरमा सञ्चालित मेडिकल, क्लिनिक, निजि अस्पतालहरूको अनुगमन गरेको हो ।

CP Hospital Dhangadhi

इजाजत नलिएर मापदण्ड विपरीत अस्पताल, क्लिनिक, फार्मेसी सञ्चालन गरेको, जनशक्ति बिनै नागरिकहरूलाई ठगेको, फार्मेसी जनशक्ति बिना औषधि  बिक्रीवितरण गरेको, चिकित्सक भन्दा अन्य जनशक्ति सिएमएले भिडियो एक्सरे गरेर नागरिकको स्वास्थ्य माथि खेलबाड गर्ने गरेको गुनासो आएकोले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा इजाजत र दर्ता अनुमति पत्र बिनै अवैध रूपमा सञ्चालन गरिएको अमिसा हस्पिटल  प्रा.लिमा ताला लगाइएको छ   । यस्तै चैनपुरमा बङ्गाली भनेर चिनिने चैन मेडिकलले अवैध रूपमा लागु औषध प्रयोजनका लागि औषधि बेचबिखन गरेको अभियोग सम्बन्धी औषधि व्यवस्था विभाग नेपालगन्जको टोलिले छानबिन र सोधपुछ गरीरहेको अनुगमन टोलिले जनाएको छ  ।

nawajiwan
Attariya Hospital

अनुगमनको क्रममा अमिसा अस्पतालमा फार्मेसी दर्ता नै नगरी सञ्चालक गरेको र नगरपालिकामा दर्ता नगरेको, ३ जना स्टाफको भरमा अस्पताल सञ्चालन गरेको पाइएपछि  अमिसा अस्पताल बन्द गरि सिल गरिएको छ । यस्तै अन्य केही मेडिकल सञ्चालकहरू अनुगमन भैरहेको थाहा पाएपछि  मेडिकल बन्द गरि भागेको आफूले पाएको अनुगमन टोलिको निष्कर्ष छ   ।

बिगतमा पनि यस्ता अनुगमन हुने गरेको र अनुगमन गर्ने भन्ने पहिले नै जानकारी हुँदा बन्द गरि भाग्ने र पछि खोल्ने गरेको स्थानियहरूले  गुनासो गरेका छन् ।