मापसे गरेर धारीलो हतियार प्रयोग गरी आ*त्मह*त्या !

Image
Nisarga Hospital

डोटी: डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आ*त्मह*त्या गरेको घटना बाहिरिएको छ ।

CP Hospital Dhangadhi

सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार (खुँ*डा) प्रयोग गरी आ*त्मह*त्या गरेको घटना बाहिरिएको हो ।

यस घटनालाई अहिले प्रहरीले “आ*त्मह*त्या” नभनेर “मानिसको मृ*त्यु” मात्रै भनेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हिजो माघ १२ गते शनिबार मात्रै छोरीको उपचार गर्न भनि घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक पदमा कार्यरत छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी धारीलो हतियार (खु*डा) घाँटीमा प्रहार गरी आ*त्मह*त्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

Dhnagadhi & Krishanapur