
बझाङ: सुदूरपश्चिम प्रदेशसभा, धनगढीले बझाङ जिल्लामा सञ्चालित प्रदेशीय सडक सञ्जाल गुरुयोजनाका प्रमुख योजनाहरूको प्रगतिबारे जानकारी सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत बाग्थलादेखि बिजगडा हुँदै गनैसम्मको सडक, भाँडेबगर–छविसपाथीभेरा गाउँपालिका–जयपृथ्वीनगर–चैनपुर सडक, र बित्थड–बिजगडा–भामचौर हुँदै जयपृथ्वीनगर सडकलगायत विभिन्न सडकहरूको निर्माणका लागि गुरुयोजना तयार पारेको हो।

यस्तै, चैनपुर–दम्धुर–कुचा हुँदै सुर्मा सडक, चौधारी–मौलाली–विनायक – चुवावन सडक, र देउरा–डाफ्रु हुँदै केदार सडक पनि गुरुयोजनामा समावेश छन्। डोगडी–गुरेललेक–हेमन्तवाडा– गोठालेखेत सडक, डुङ्ग्री– लेकि– मष्टा – भातेखोला हुँदै रिलु तल्कोट सडक, डुङ्ग्री–लाछिगाड–तल्कोट–लोकण्ड सडक, झनाना–खोलि–बिप्रा–कुचेखोला,लाछीगाड–भातेखोला मष्टा – भतेली– मानाकोट सडक र झनाना– कुच हुँदै दंगार्जी सडक पनि गुरुयोजनामा समावेश छन्।
त्यसैगरी, जुइल–सेकु–रजाडा–चुवावन, पानकोट–पडेस–मरतोली– बोल्लाखान – विनायक – गोर्खाली थामलेक सडक, पानकोट–जडार सडक, रिठापाटा–सुर्मा सडक, सुर्मा–ब्याँसी सडक, कुचेखोला–लम्तडा–कालुखेती –पाटादेवल गडराय–थामलेक सडक, चैनपुर–तलकोट–साइपाल सडक, ढुंङ्गाड–मोरी–देउरा सडक, वागथला–बखेत–भाडसैन – भामचौर सडक, विजगडा–पौडी–गिरौ सडकलाई समेत योजनामा समावेश गरेको छ।


यी सडकहरूको निर्माण सम्पन्न भएपछि बझाङ जिल्लाका विभिन्न क्षेत्रहरूको यातायात सेवा थप सहज हुनेछ।
































