
बझाङ: सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली काँग्रेस बझाङकोे सय दिने अभियान सम्पन्न भएको छ । जिल्लाको १२ वटै स्थानीय तहमा सञ्चालित १०० दिने अभियानको समापन र नेपाल विद्यार्थी सँग जिल्ला कार्य समितिका पदाधिकारीहरूको बधाई तथा पद बहाली कार्यक्रम आज बझाङ चैनपुरमा एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । जिल्ला सम्मेलनमा पार्टीका कोषाध्यक्ष गगन बहादुर रावलले अहिले सम्मको पार्टीको आर्थिक आयव्यय प्रतिवेदन पेस गर्नुभएको थियो ।

साथै कार्यक्रममा नेबीसंघका उपाध्यक्ष, सचिव ,सहसचिव,कोषाध्यक्ष सहित मनोनीत सदस्यहरू लाइ बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रममा जयपृथ्बी नगरपालिका वडा नम्बर १० का पुर्ब वडा अध्यक्ष दल बहादुर बिष्ट र पार्टीका पूर्व उपसभापति डबल बहादुर भट्टराईलाइ सम्मान गरिएको थियो । काँग्रेसको जिल्ला सम्मेलन तथा १०० दिने अभियानको कार्यक्रममा पार्टीको आन्तरिक कमीकमजोरी सुधार गरी पार्टीको संस्थागत विकास ,सुद्धिकरण, साथै पार्टी लाइ मजबुत बनाइ अगाडी बढाउनुपर्ने सुझाब दिएका थिए,।


पार्टी सभापति खडक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि १०० दिने विशेष अभियानका केन्द्रीय प्रतिनिधि तथा बाजुरा काँग्रेसका पुर्ब पार्टी सभापति कविराज पण्डित रहनुभएको थियो । कार्यक्रममा काँग्रेसका नेताहरू, शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । साथै नेपाली काँग्रेसले नया कृयाशिल सदस्यता फारम वितरण र सदस्यता नबिकरणको कार्यक्रमलाइ पनि अगाडी बढाएको छ ।
अभियान अन्तर्गत नेपाली काँग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरू परिचालित हुनुभएको थियो । यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको थियो ।



































