राइजिङ स्टार बोर्डिङ स्कुलको खेल सप्ताह शुरु

Image
Nisarga Hospital

धनगढी ः धनगढीको राइजिङ स्टार बोर्डिङ स्कुलको खेल सप्ताह शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले साताब्यापी रुपमा खेलकुद कार्यक्रम शुरु गरेको हो । बुधबार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले खेल सप्ताहको सुभारम्भ गरेका हुन् । खेल सप्ताह उद्घाटन गर्दै राज्यमन्त्री बमले शिक्षा सगैं खेल क्षेत्रमापनि बिद्यार्थीहरुलाई सहभागी गराउन सके बिद्यार्थीको समग्र बिकासमा योगदान पुग्ने बताए । शिक्षा सगैं बिभिन्न सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गर्दै आएको राइजिङ स्टार बोर्डिङ स्कुलबाट अरुलेपनि सिक्नुपर्ने बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

स्कुलको बार्षिकोत्सवको पुर्वसन्ध्यामा स्कुलले खेल सप्ताह शुरु गरेको हो । बिद्यार्थीको समग्र बिकासका लागी खेल महत्वपुर्ण भएकाले सानै देखी खेलकुदमा प्रेरित गर्न खोजिएको स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले बताए । स्कुल किताबी ज्ञान संगै मानविय जिवनमा आवश्यक पर्ने सबै ज्ञान बिद्यार्थीलाई होस भन्ने हेतुले खेलकुद संगै समग्र कार्यक्रम संग जोडिरहेको शाहीले बताए । खेल सप्ताहमा क्रिकेट, फुटवल, कवड्डी, टेवल टेनिस, स्याकरेस, म्याथरेस, ब्याडमिन्टन, बास्केटबल, फरक रेस, स्पोन रेस, म्युजिकल चेयर, इन आउट लगायतका खेलहरु आयोजना गरिरहेको राइजिङ स्टार बोर्डिङ स्कुलले जनाएको छ ।
२०७२ सालमा स्थापना भएको राइजिङ स्टार बोर्डिङ स्कुलले यस्ता बिविध कार्यक्रम आयोजना गर्दै आएको छ । मटियारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको राइजिङ स्टार बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षा संगै ब्यवहारिक ज्ञानलाई समेत निरन्तरता दिने प्रबन्धक निर्देशक शाहीले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य शिव ओली, सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप कुलपति डा.टिएन जोशी,नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायिका जिल्ला अध्यक्ष भिम पडाल ,श्रीकृष्ण सामुदायिक बनका अध्यक्ष इश्वोरी बम, प्याब्सन कैलालीका निबर्तमान अध्यक्ष टोपेन्द्र शाह , नेपाल जेसिजका पुर्ब अध्यक्ष तेज शंकर भट्ट ,प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष छ्त्रराज पण्डित ,नगर भलमान्सा समिती अध्यक्ष रोहित चौधरी, वरिष्ठ शिक्षाविद ऋषि राज जोशी लगायतको उपस्थिती रहेको थियो । माघ १६ बाट सुरु भएका सप्ताहा खेल माघ २२ गतेसम्म सन्चालन हुने छन् । उद्घाटनको पहिलो दिन राजिङ्ग स्टार ग्रीन र राजिङ्ग स्टार एलो टिमकाबिच मैत्रीपुर्ण क्रीकेट खेल खेलाइएको थियो। उक्त खेलमा राजिङ्ग स्टार ग्रीन टिमले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। एलो टिमले दिएको ७३ रनक लक्ष्य पछ्याउँदै ६/५ ओभरमा खेल जितेको हो। खेलको म्यान अफ दि म्याच १० बलमा १६ रन बनाउदै ग्रीन टिमका ब्याट्सम्यान प्रणब पाठक भएका हुन।  

nawajiwan