डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी विजयी

Image
Nisarga Hospital

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी प्रथम स्थान हासिल गरेको छ। दिल्पेश्वर माध्यमिक विद्यालयले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा राजपुरस्थित सहिद स्मृति माध्यमिक विद्यालय द्वितीय तथा सिलगढीस्थित भगवती एकेडेमी तृतीय भएका छन्।

CP Hospital Dhangadhi

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु. ८ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। द्वितीय स्थान हासिल गर्ने विद्यालयले नगद रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने तृतीय स्थान प्राप्त विद्यालयलाई नगद रु. ३ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा १३ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। दिल्पेश्वर माविका प्रधानाध्यापक दीर्घ बहादुर कठायतका अनुसार प्रतियोगिता विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन कठायतको सभाध्यक्षता एवं दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कलावती महर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दिल्पेश्वर माविले विभिन्न कार्यक्रम आयोजना गरी माघ १६ गतेदेखि २० गतेसम्म वार्षिकोत्सव मनाइरहेको छ। समापनको दिन माघ २० गते पुरस्कार वितरण, सम्मान कार्यक्रम, छात्रवृत्ति वितरण तथा स्थानीय मौलिक संस्कृति झल्किने रनपुतला तथा हुड्केउली प्रस्तुति सहित भव्य कार्यक्रम आयोजना गरिने बताइएको छ।

उक्त मूल समारोहमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक लगायत सरोकारवालाहरूको सहभागिताका लागि वार्षिकोत्सव मूल समारोह समिति संयोजक एवं विद्यालयका शिक्षक मनोहर माझीले आग्रह गरेका छन्।

Dhnagadhi & Krishanapur