बझाङमा सरकारी सवारी साधनको चरम दुरुपयोग: १३ सवारी कार्बाहीमा परे

Image
Nisarga Hospital

बझाङ: बझाङमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको छ। जिल्लामा सार्वजनिक बिदाका दिन समेत सरकारी सवारी साधनलाई निजी प्रयोजनको लागि प्रयोग गरिँदै आएको छ। यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालय बझाङले निगरानीलाई कडा बनाएको छ।

CP Hospital Dhangadhi

सरकारी कामका लागि खरिद गरिएका सरकारी गाडीहरू निजी प्रयोजन र सार्वजनिक बिदाका दिन प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक रहेको भन्दै जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख विनोद बिष्टले यसप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

पछिल्लो दुई दिनमा १३ वटा सरकारी सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बझाङले जनाएको छ। सार्वजनिक बिदाका दिन अनुमति बिना चलाएका यी सवारी साधन कारबाहीमा परेका हुन्।

nawajiwan
Attariya Hospital

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिनु अनिवार्य रहेको कानूनी व्यवस्था छ, तर यसका बाबजुद पनि पास बिना सरकारी सवारी साधनको दुरुपयोग गरिएको पाइएको हो।

कानून अनुसार, तीनै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीहरूसम्मका लागि यो नियम अनिवार्य लागू हुन्छ, र यदि यस नियमको उल्लङ्घन गरिएको पाइन्छ भने कानूनी कारबाही गरिने छ।

ट्राफिक कार्यालयले सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधनको दुरुपयोग नगर्नका लागि सबैलाई आग्रह गरेको छ।