शिवपुरीमा हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने

Image
Nisarga Hospital

धनगढीः धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ।बिहीबार पत्रकार सम्मेलन गर्दै धाम व्यवस्थापन समितिले फागुन २ देखि १५ गतेसम्म अनुष्ठान गरिने जानकारी दिएको हो।अनुष्ठानमा सङ्गीतमय श्रीमद्‍भागवत कथा प्रवचन एवं विश्व कल्याण श्रृङ्गारिक महाआरती समेत गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर कुँवरले बताए।अनुष्ठानमा सहभागी हुन अध्यक्ष कुँवरले भक्तजनहरूमा आग्रह गरेका छन्। उनले फागुनमा लगाइने अनुष्ठानको तयारी थालिएको जानकारी गराए।शिवपुरी धामलाई सुदूरपश्चिमकै आध्यात्मिक केन्द्र बनाउन व्यवस्थापन समितिले इमानदार प्रयास गर्ने र आवश्यक सुझाव र सल्लाह दिन अध्यक्ष कुँवरले आग्रह गरेका छन्। शिवपुरी धाममा यो वर्ष हुने १५ दिने धार्मिक अनुष्ठानमा कथा वाचीका अनुराधा पाण्डेसमेत आउने भएकी छन्।

CP Hospital Dhangadhi
Attariya Hospital