दुर्गाथली गाउँपालिकामा जयपृथ्वी राजमार्गको सफाइ, अतिक्रमण हटाइयो

Image
Nisarga Hospital

बझाङको दुर्गाथली गाउँपालिका–२ मौरिबगरदेखि सुडिखोला खण्डसम्मको जयपृथ्वी राजमार्ग सफाइ गरिएको छ। यस क्रममा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाइएको छ।

CP Hospital Dhangadhi

दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तुफानको नेतृत्वमा सम्पन्न सफाइ अभियानले सडकको अवस्थालाई सुधार गर्दै अवैध संरचनाहरू हटाएको हो। अध्यक्ष थापाका अनुसार सडक मापदण्डभित्र रहेका संरचनाहरूले आवागमनमा समस्या उत्पन्न गरिरहेकाले स्थानीय प्रतिनिधि, बासिन्दा, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागितामा सफाइ कार्यलाई अघि बढाइएको हो।

Attariya Hospital

अध्यक्ष थापाले गाउँपालिका क्षेत्रभित्र सडक मापदण्डको पालना गर्न स्थानीयको सहयोग आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणका कामहरू व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

nawajiwan