बझाङमा एचपीभी खोप अभियान सुरु , पहिलो दिन ६ हजार बढि किशोरीले खोप पाए

Image
Nisarga Hospital

बझाङ: आज देखि बझाङमा पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन भएको छ । विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । नेपालमा महिलामा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

CP Hospital Dhangadhi

स्वास्थ्य कार्यालय बझाङको तथ्याङ्क अनुसार बझाङमा २ सय १७ खोप केन्द्र बाट १२ हजार १ सय २६ किशोरीहरूलाई खोप दिने लक्ष्य रहेको छ । आज पहिलो दिन बझाङमा ६ हजार ६ सय ४९ जना १० देखी १४ वर्षसम्मका किशोरीहरुलाईे (एपीभी) खोप दिइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । जसमा विद्यालय जाने ६ देखि १० बर्ष सम्मका ६ हजार ६ सय ९ किशोरी रहेका छन् भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४० जना किशोरी रहेको तथ्याङ्कले देखाएको छ ।

nawajiwan
Attariya Hospital

खोप अभियानमा बझाङमा २ सय १७ खोप केन्द्र रहेका छन् भने २ सय १७ स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । त्यसैगरी अभियानका लागि ४ सय ३४ स्वयंसेवक खटाएका छन् । विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकारात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुने लगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन स्वास्थ्यकर्मिहरूले आग्रह गरेका छन् ।