उपकुलपति जोशीलाई बालकृष्ण सम स्मृति राष्ट्रिय सम्मान

Image
Nisarga Hospital

धनगढी :सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीलाई नेपाल नाट्य-प्रतिष्ठानले राष्ट्रिय सम्मान प्रदान गरेको छ।

CP Hospital Dhangadhi

सनिबार पोखरामा आयोजित नाट्य सम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती समारोह तथा नाट्य विमर्श विशेष समारोहमा डा. जोशीलाई उक्त राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

समारोहमा उपकुलपति जोशीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, विशिष्ट अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा र नेपाल नाट्य-प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र पोखरलले संयुक्त रूपमा अभिनन्दन गरे।

nawajiwan
Attariya Hospital

उपकुलपति जोशीलाई सुदूरपश्चिमको मौलिक पर्व गौरा लोकनृत्यमा विशेष अनुसन्धान गरी विद्यावारिधि गर्नुका साथै नेपाली साहित्यमा पुर्याएको विशिष्ट योगदानका लागि उक्त राष्ट्रिय सम्मान प्रदान गरिएको आयोजक नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरलेलले बताए।

प्रतिष्ठानका अध्यक्ष डा. पोखरेलको अध्यक्षतामा सम्पन्न विशेष समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्त, छन्द नायक माधव बियोगी,प्राडा रामनाथ ओझा, नाट्य निर्देशक कृष्ण उदासी, खगराज आचार्य, र डा. नारायण प्रसाद पन्तलाई पनि सम्मानित गरिएको छ।

समारोहमा गण्डकी प्रदेशका विशिष्ट स्रष्टाहरू, लेखक, प्राध्यापक तथा प्राज्ञहरूको उपस्थिति थियो।