विचाराधीन शिक्षा ऐन छिटै पास हुन्छ ः गृहमन्त्री लेखक

Image
Nisarga Hospital

धनगढी : प्याब्सन सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन धनगढीमा सम्पन्न भएको छ । कार्यक्रका प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले संघीय संसदमा विचाराधीन शिक्षा ऐन छिटै पास हुने बताए । धनगढीमा सोमबार प्याब्सन सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले शिक्षा सम्बन्धी विद्येयक ऐनका रुपमा चाँडै पारित हुने बताए ।

CP Hospital Dhangadhi

नीजि तथा आवासीय एवं संस्थागत विद्यालयहरुको नेपालको शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सँगै सहभागिता रहेको गृहमन्त्री लेखकले बताए । ‘निजी तथा आवासीय एवं संस्थागत विद्यालयहरुको सुरक्षा गरिन्छ । तपाईहरुको लगानी लाई खेर जान दिनु हुँदैन । तपाईहरुको लगानीलाई सुरक्षित गर्नुपर्छ । र तपाईहरुले पनि आफू राम्रो हँुदै जानुपर्छ । के कमी कमजोरी छैन भने तपाईहरुले सुर्धानुपर्छ यदी तपाईहरुले आफूले सुधारर्नु भएन भने सरकारले हस्तक्षेप गर्नुपर्ने ठाउँमा पुग्छ सरकारले गर्नुपर्छ,’ गृहमन्त्री लेखकले भने । शिक्षाको क्षेत्रमा हामीहरु धेरै नै अगाडि बढेको उनले बताए । केही भएको छैन के भाको छैन भने भाष्यले गर्दा पनि हामीहरुलाई ठिक ठाउँमा नपुगाएको उनले बताए । अहिले हामी सुदूरपश्चिममा विदेशी विद्यार्थीलाई ल्याएर पढाउन सफल भएको गृहमन्त्री लेखकले बताए।

nawajiwan

Attariya Hospital

सरकार नीजि क्षेत्रलाई प्रोसाहित गर्ने जाहन्छ, निरुसाहित गर्ने जाहँदैन र नीजि क्षेत्रको विकासले सम्रग मुलुकको अर्थतन्त्रलाई विकसित गर्ने सक्ने उनले बताए । शिक्षाको क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई त्यसै खेर जान नदिएर संरक्षण गरिने र त्यस अनुसार कानुन बने उनको भनाइ थियो । सुदूरपश्चिम तुलनात्मक रुपले पछाडि रहेको उनले बताए । सुदूरपश्चिममा विभिन्न चुनौतीहरु रहेको उनले बताए । सरकारले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।