नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीले मनायो ३० औं जनयुद्ध दिवस

Image
Nisarga Hospital

अत्तरिया- कैलालीमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गोदावरी नगर कमिटीले ३० औं जनयुद्ध दिवस मनाएको छ । आज फागुन १ गते पार्टी कार्यालय अत्तरियामामा देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा ३० औं जनयुद्ध दिवस भव्यताका साथ मनाएको हो ।

CP Hospital Dhangadhi

नगर कमिटीले आज साझँपख जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान , दिप प्रज्वलन प्रथम सहिदको फोटोमा माल्यार्पण र र्‍याली निकाल्दै दिवस मनाइएको हो ।

नगर कमिटी अध्यक्ष तिलक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल रहनु भएको थियोे ।

nawajiwan

३० औं सहिद दिवसको शुभकामना प्रदान गर्दै इन्चार्ज पोखरेल पछिल्लो समयमा विभिन्न व्यक्तिले जनयुद्धलाई अनेक अर्थ लगाइरहेको र हिंसाकोरुपमा बाहिरी प्रस्तुत गर्न खोजिरहेको बताए ।
उनलेे भने तत्कालिन सामन्ती निरंकुश राजतन्त्रको विरुद्ध‌मा जनयुद्ध मार्फत विद्रोहको आव्हान गरियो , हजारौं राखहरू दलित समुदाय उत्पीडकहरू लामवद्ध भएर मृत्युलाई हत्केलामा राख्यौं , संघर्षको प्रक्रिया अगाडि बढेर मात्रै आज यो स्थिति आएको छ। आज देशमा जुन शासन प्रणाली छ, यहीँ जनयुद्ध अन्तर सम्बन्धमा स्थापित भएको छ । आजका यी नेतृत्वमा पुगेकाहरू जो जनयुद्धलाई वदानम गर्न खोजिरहेका छन् , यसैको बलमा भएको हो । जनयुद्धले खेल्ने भुमिका खोलि सकेको छ , अहिले पनि हाम्रो संघर्ष सकिएको छैन, क्रान्ति जारी छ । आजको दिन हामीले यो दिवस मनाइरहदाँ खेरी यो कुरालाई आत्मसाथ गर्न जरुरी छ, यसका मुल्य मान्यतालाई स्खलित गर्न जरुरी छ। हामीले बिचारको महत्त्व, पार्टी पद्धतिलाई पर्खिनु पर्ने, हामीले वर्ग समुदायलाई छाडेका छौ,,, फेरि हामी वर्ग तिर फर्किनु पर्ने भएको छ ।

Attariya Hospital

यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल , प्रदेश सभा सदस्य अक्कल बहादुर रावल, केन्द्रीय सल्लाहकार विक्रम विक , नगर इन्चार्ज धर्मसिह कुवर लगायत रहनु भएको थियोे ।

प्रमुख अतिथि पोखरेल सहित माओवादी नेता कार्यकर्ताले प्रथमतः सहिद दिलबहादुर रम्तेलको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसपछि पार्टी कार्यालयबाट महान जनयुद्ध जिन्दावाद , वीर सहिदहरू अमर रहनु , ३० औं जनयुद्ध दिवसको शुभकामना भन्ने नाराका साथ अत्तरिया च‍ोकसम्म र्‍याली सहित परिक्रमा गरि दिप प्रज्वलन गर्दै कार्यक्रम समापन गरिएको थियोे ।

माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।