
धनगढी ः सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध पौराणिक भएको बताए।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा १४४ वर्ष पछि लागेको महाकुम्भमा बिहीबार संगम स्नान तथा दर्शन गरेपछि उपकुलपति जोशीले राम र सीताको बैबाहिक सम्बन्ध एबम् सांस्कृतिक समरूपताका हिसाबले नेपाल(भारतको सम्बन्ध प्राचीन भएको बताए। उनले सुदूरपश्चिम प्रदेश र भारतको उत्तरप्रदेश बिच सांस्कृतिक सहकार्यका साथ अगाडि बढ्न सकिने समेत बताए।
प्रयागराज महाकुम्भमा उपकुलपति जोशीले आद्य जगतगुरू शंकराचार्य लगायत विशिष्ट भारतीय साधु सन्तसंग समेत भेट गरि आवश्यक छलफल गरेका छन्।

































