थलारा गाउँपालिका ९ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न, ६५ किसान परिवार लाभान्वित

Image
Nisarga Hospital

बझाङः  थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेलामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरबाट ६५ किसान परिवार लाभान्वित भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजना तथा थलारा गाउँपालिका पशु सेवा शाखा र वडा नम्बर ९ को कार्यालयको सहकार्यमा शिविर सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

शिविरमा १ हजार ८८ पशु चौपायाको उपचार गरिएको थियो। जसमा १५ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको तथा २ हजार १ सय कुखुराको उपचार गरिएको छ। बन्ध्याकरणतर्फ ८ वटा वड र २० बोकाको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख कविराज कठायतले बताए। साथै, ४ वटा पशुहरूको गोबर परीक्षण गरिएकोमा २ पशुहरूको दूध परीक्षण गरिएको उनले जानकारी दिए।

nawajiwan

Attariya Hospital

शिविरमा किसानहरूलाई पशुहरूमा लाग्ने रोगहरूको बारेमा जानकारी दिइएको तथा पशुरोगबाट बच्ने उपायबारे परामर्श प्रदान गरिएको थियो। गाई-भैंसीको बाझोपनको उपचार, प्राविधिक परामर्श, गोबर तथा दूध परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो।

यसै क्रममा, फागुन १ गते मष्टा गाउँपालिका वडा नम्बर ६ रिलुमा पनि शिविर सञ्चालन गरिएको थियो। सो शिविरमा ९३ किसान परिवार लाभान्वित भएका थिए। १ हजार ४७५ पशु चौपायाको उपचार गरिएको थियो, जसमा ११ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइयो तथा ६ वटा वड र १ बोकाको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका सहायक पाँचौँ जय बहादुर खड्काले जानकारी दिए।