बझाङ जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरू मध्ये उत्कृष्ट

Image
Nisarga Hospital

बझाङ जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरू मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय द्वारा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्याँकनका आधारमा बझाङ जिल्ला अस्पताल उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशीले बताउनुभयो ।

CP Hospital Dhangadhi

१५ शैयाको जिल्ला अस्पताल बझाङले ९४ प्रतिशत ल्याइ देशभरीका प्राथमिक अस्पतालहरूमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले गत वर्ष न्यूनतम सेवा मापदण्ड मापनमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो ।

nawajiwan

जस अन्तर्गत अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालको रूपमा उभिन सफल भएकोमा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको महत्वपुर्ण भूमिका रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंहले बताउनुभयो ।

अझै पनि आफ्नो कार्यकालमा धेरै काम गर्ने सोच बनाएको भएपनि नसकेको बताउदै जिल्ला अस्पतालको लागी राजनीतिक दल, पालिकाहरूले पनि साथ सहयोग दिनुपर्ने उहाँको भनाइ थियो ।

Attariya Hospital

नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजानु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले धारण राख्नुभयो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नबराज जोशीले सेवाको विस्तार तथा गुणस्तरीयताका कारण सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको भन्दै गत आर्थिक वर्षमा ३९ हजार १ सय ९८ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको माघ मसान्त सम्म २१ हजार ८ सय ५ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो ।

हाल विभिन्न सेवा बिस्तार गदै जादा जिल्ला अस्पतालमा शल्यक्रिया गर्नेको सँख्या बनि बढेको तथ्याङ्कले देखाएको छ । गत वर्ष ७९/८० मा ७ सय ८० जनाले विभिन्न अप्रेसन गरेकोमा २०८० / ८१ मा १३ सय ८५ जनाले शल्यक्रिया गरेको छ ।

हाल जिल्ला अस्पताल बझाङमा ३ जना विशेषज्ञ डाक्टर सहित ११० जना कर्मचारी रहेका छन् ।