बझाङको मष्टा गाउँपालिकामा शिक्षकहरूको तलब विद्युतीय भुक्तानी प्रणाली EFT मार्फत प्रदान

Image
Nisarga Hospital

बझाङः बझाङको मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब विद्युतीय भुक्तानी प्रणाली EFT मार्फत प्रदान गर्ने भएको छ ।

CP Hospital Dhangadhi

पालिकाको आ व २०८१।८२ को नीति तथा कार्यक्रम लाई कार्यान्वयन गर्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको तलब भत्ता मासिक रूपमा विद्युतीय भुक्तानी प्रणाली EFT मार्फत व्यक्तिगत बैङ्क खातामा पठाउने व्यवस्था गरिएको हो ।

साथै यो माघ महिनाको तलब समेत शिक्षक कर्मचारीकोे खातामा निकासा गरिएको मष्टा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्काले बताउनुभयो ।

nawajiwan
Attariya Hospital

यो कार्यले विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न,शिक्षकको नियमितता र व्यवस्थापनमा सुधार गर्न , विद्यालयमा शैक्षिक सुशासन कायम गर्न र विद्यालयको प्रशासनिक र आर्थिक पक्षमा सहजता कायम गर्न मद्धत पुग्ने मष्टा गाउँपालिका शिक्षा अधिकृत पृथुता जोशीले बताउनुभयो ।

यसबाट आर्थिक प्रणालीलाई थप व्यवस्थित र डिजिटल युगसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो काम गर्ने बझाङको मष्टा गाउँपालिका पहिलो र सुदूरपश्चिमको चौथो रहेको छ ।