धनगढीमा राससको ६४ औं वार्षिकोत्सव सम्पन्न

Image
Nisarga Hospital

धनगढी: राष्ट्रिय समाचार समिति सुदूरपश्चिम कार्यालयले ६४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । धनगढीस्थित इमेज होटलमा ‘सुशासन र समृद्धिका लागि रासस’ भन्ने मुल नाराका साथ अन्र्तक्रिया कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले सञ्चार जगत निष्पक्ष, सत्यतथ्य र आलोचनात्मक ढंगले अघि बढ्न जरुरी रहेको बताए । उनले भने –‘प्रविधिको विकास संगै अहिले भ्रामक सूचनाहरु सामाजिक सञ्जाल लगायतमा देखिने गरेको छ । त्यसलाईनै समाचार मानेर समाज अघि बढ्दा अराजकता बढ्दै गएको छ ।

CP Hospital Dhangadhi

यसकारण समाजलाई सहि दिसामा अघि बढाउन सञ्चार जगतले अझ शशक्त बनेर अघि बढ्नुपर्ने देखिन्छ ।’
उनले संसारभरका जानकारी पाउने माध्यमहरु फेरिएपनि अझै सरकारलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमलेनै आवश्यक रहेको बताउँदै –‘गरिवी, अशिक्षा, स्वास्थ्यको पहुँच वृद्धि, सुशासन, विकास लगायतकाा समस्या समाधान गर्न सरकारलाई जिम्मेवार बनाउने भुमिका संचारमाध्यम बढी जिम्मेवार हुनुपर्ने छ ।’ राससप्रतिको विश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको मन्त्री सार्कीको भनाइ थियो ।

Attariya Hospital

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइरालाले सूचनाको हकलाई ओझेलमा राखेर प्रजातन्त्र र जनताको समृद्धि नहुने बताए । पत्रकारिता र पत्रकारको सम्मान भएमा प्रजातन्त्र सबल हुने उनको भनाइ थियो । ‘सरकारले प्रदान गरेको तथ्यांक र समाजभित्र रहेका विभेदको अन्त्य गराउन पत्रकार र पत्रकारिताले अहम भुमिका निर्वाह गर्ने गर्छ’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहले पछिल्लो समय सञ्चारमाध्यमले आर्थिक अभाव झेल्दा समस्या भोग्नुपरिरहेको बताउँदै –‘सञ्चारमाध्यमलाई अझ बलियो र शशक्त बनाउन सरकारको भुमिका अहम जरुरी रहेको छ । आर्थिक अभावका कारण सञ्चारमाध्यम धमाधम बन्द गर्नुपर्ने अवस्थामा रहेको छ ।’

nawajiwan

रासस सुदूरपश्चिम कार्यालय प्रमुख शिद्धराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमालय जोशी (हिमाल), पत्रकार महासंघ कैलालीका उपाध्यक्ष विराज रोश्यारा, सचिव तेजराज भट्ट लगायतको सहभागिता रहेको थियो ।
रासस कैलाली संवाददाता मिन ठकुरीले स्वागत गरेको कार्यक्रमको संचालन सुरेन्द्र ताम्राकारले गरेका थिए ।