
जयपृथ्वी नगरपालिका–९, देउलमा सडक निर्माणका क्रममा एक जना मजदुर घाइते भएका छन्। सुर्मा गाउँपालिका–४ निवासी अन्दाजी ३६ वर्षीय नक्कुल बोहरा मिक्सर मेसिनमा हात च्यापिँदा गम्भीर घाइते भएका हुन्।
घटनामा बोहराको दाहिने हातमा गम्भीर चोट लागेको छ। जिल्ला अस्पतालले स्थानीय रूपमा उपचार सम्भव नभएकाले उनलाई थप उपचारका लागि अन्यत्र रेफर गरेको जनाएको छ।

































