
बाजुराः नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन बाजुराले शनिबार नेपाल पत्रकार महासंघ बाजुरा–बझाङ शाखाका अध्यक्ष तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य दयाराम पण्डितको निवासमै पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

पितृशोकमा रहेका पत्रकार पण्डितका स्वर्गीय पिता नन्दराम पण्डितको आत्माको चिरशान्तिको कामना गर्दै महासंघ र युनियनको टोलीले श्रद्धाञ्जली अर्पण गरेको हो। नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौले तथा नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाको नेतृत्वमा टोली बडीमालिका नगरपालिका–७, जिल्लीस्थित पण्डित निवास पुगेको थियो।

समाजसेवी समेत रहेका स्वर्गीय नन्दराम पण्डितको फागुन ४ गते आफ्नै निवासमा निधन भएको थियो। पत्रकार महासंघ र प्रेस युनियनको यो पहलले शोकाकुल परिवारलाई केही संबल मिल्ने विश्वास गरिएको छ।































