
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आइतबार भूमि समस्या समाधान आयोग बाजुराका नवनियुक्त सदस्यहरूले सपथग्रहण गरेका छन्। आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराएका हुन्।


सपथग्रहण समारोहमा अध्यक्ष रोकायाले जिल्लाका सबै स्थानीय तह तथा सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सबै पक्षको साथ र सहयोग भएमा भूमि सम्बन्धी समस्या छिटो समाधान गर्न सकिने उल्लेख गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।



















