पत्रकार जोशी र देउवा एउटै मन्चमा सम्मानित

Image
Nisarga Hospital

धनगढी ः धनगढी स्थित हिल वर्ल्ड इङ्लिस स्कुलले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकारीता क्षेत्रमा योगदान गरेकोमा दुई जना पत्रकारलाई सम्मान गरेकाे छ ।

CP Hospital Dhangadhi

नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमाल जोशी र वर्तमान अध्यक्ष श्रवण देउवा सम्मानित भएका हुन ।समाज परिबर्तन र रुपान्तरणमा पत्रकारिताको क्षेत्रबाट भुमिका खेलेको भन्दै धनगढी स्थित हिल वर्ल्ड इङ्लिस स्कुलले सम्मान गरेको हो । दुई दशक देखी कैलाली लगायत राष्ट्रिय विभिन्न सन्चार माध्याममा काम गरेका दूबै जना पत्रकारलाई भब्य समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम, विद्यालयका प्राचार्य डीआर शर्मा र अध्यक्ष भोजबहादुर बमले दोसल्ला र अभिनन्दन पत्र सहित विशिष्ट पत्रकारीता सम्मान प्रदान गरे हो ।

Attariya Hospital

विद्यालयका अध्यक्ष तथा गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि राज्यमन्त्री बम, विशिष्ट अतिथि उपकुलपति डा.जोशी, ऐश्वर्यका क्याम्पस प्रमुख धर्मदेव भट्ट, शिक्षासेवी यादवप्रसाद जोशी, विद्यालयका प्रअ डीआर शर्मा, त्रिनगर माविका प्रअ भूपाल खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। वार्षिकोत्सव समारोहमा विद्यालयले बिभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए।

nawajiwan