प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु, युद्ध पत्रकार सम्मानित

Image
Nisarga Hospital

आलिताल – प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सुरु भएको छ ।
श्रमजीवी पत्रकार, प्रविधिमैत्री स्वरोजजगार मिडिया र जनपत्रकारीता , सुशासन समृद्धि र सामाजिक न्यायका लागि हाम्रो प्रतिवद्वता , भन्ने मुल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिकामा आजबाट अधिवेशन सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा अध्यक्ष प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा रहनु भएको थियोे ।
अधिवेशनमा महान जनयुद्धको अवधिमा वर्गीय मुक्तिका लागि क्रान्तिकारी विचारलाई बुलन्द गर्दै पत्रकारिताको माध्यमबाट जनयुद्ध सफल बनाउने भुमिका खेलेका २० जना युद्ध पत्रकारहरूलाई सम्मान गरिएको छ ।

CP Hospital Dhangadhi

सम्मानित हुनेमा लक्ष्मणदत्त जोशी दार्चुला,दिपेन्द्र रावल, अछाम , लोकबहादुर बोहरा अछाम, महेश कुमार महरा डडेल्धुरा, सरस्वती रावल अछाम, जनक रावत ‘समुद्र’ अछाम, टेकराज बिक अछाम, मुना नायक बैतडी , मञ्ज बम ‘अनुग्रा’ डडेल्धुरा, पदम बहादुर खडका ‘दर्शन’ बझाङ, पुष्प न्यौपाने अछाम, भरत खत्री बैतडी, भक्त बोहरा डडेल्धुरा, प्रेम कुँवर ‘प्रसिद्ध’ डोटी, शंकर भण्डारी बैतडी, पहल साउँद अछाम, चन्द्रिका कठरिया कैलाली, करण चौधरी कैलाली, कमलकुमारी शाह बाजुरा, असोक शाही बाजुरा रहेका छन् । उनीहरूलाई दोसल्ला, सम्मान पत्र प्रदान गरि प्रमुख अतिथि पोखरेलले सम्मान गरेका हुन् ।

Attariya Hospital

यो अधिवेशनबाट प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ ।

nawajiwan