गोदावरी नगरपालिकाद्वारा स्मार्ट शिक्षा प्रवर्द्धनका लागि शैक्षिक सामग्री वितरण

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाले विद्यालयहरूमा स्मार्ट शिक्षा लागू गर्न शैक्षिक सामग्री वितरण गरेको छ। स्मार्ट शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रविधि-आधारित शिक्षण सामग्री वितरण गरेको हो।

CP Hospital Dhangadhi

nawajiwan

नगरपालिकाले स्मार्ट टकिङ टिचर, ECD बुक सेट , तह १ को किताब सेट, ECD को किताब सेट, विद्यालयका लागि विद्यार्थी किताब सेट, स्मार्ट टकिङ पेन, स्पिकर, तथा मोबाइल एप्सजस्ता आवश्यक शैक्षिक सामग्रीहरू विद्यालयहरूको विद्यार्थी संख्याका आधारमा प्रदान गरेको छ। गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीका अनुसार, यी सामग्रीहरूले विद्यार्थीहरूको सिकाइलाई अन्तरक्रियात्मक र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। विशेष गरी गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि शिक्षक समायोजन, नगर शिक्षक योजना, तथा शिक्षक नभएका विद्यालयमा नगर शिक्षक व्यवस्थापन जस्ता कार्यक्रमहरू अघि बढाइएको छ। साथै, स्मार्ट शिक्षाजस्ता योजनाहरूलाई प्राथमिकतामा राखी नगरपालिकाले बजेट विनियोजन गरेको छ।

नगर प्रमुख भट्टले जनताको आवश्यकतालाई ध्यानमा राख्दै योजनाबद्ध र दिगो विकासमार्फत नगरपालिकाको समृद्धिमा योगदान पुर्‍याइरहेका छन्। नगरवासीको जीवनस्तर उकास्न शिक्षा, प्रविधि, र पूर्वाधार विकासका क्षेत्रमा उनले चालेका कदमहरू निकै प्रभावकारी रहेका छन्।

Attariya Hospital

गोदावरी नगरपालिकाले पहिलो चरणमा १३ वटा विद्यालयलाई डिजिटल युग अनुरूप प्रविधि र भौतिक सहयोग प्रदान गर्ने योजना अघि बढाएको छ। शिक्षा शाखा प्रमुख जोशीका अनुसार, स्मार्ट शिक्षा मार्फत विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइका अवसरहरू उपलब्ध गराई शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य रहेको छ। साथै, ग्रामीण तथा पछाडि परेका समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासम्मको पहुँच सुनिश्चित गरिनेछ।

शैक्षिक सामाग्री पाउने विद्यालयको नाम र ठेगाना
१) श्री दुर्गा मा. वि. गोदावरी-१२ कोल्मुडा, कैलाली ।
२ ) श्री गुहेश्वरी मा. वि. गोदावरी न.पा-१, कैलाली ।
३ )श्री गणेश प्रा.वि. गोदावरी न.पा.-१०, कैलाली ।
४ ) श्री नवदुर्गा आ.वि. गोदावरी न.पा.-५, बर्बट्टा, कैलाली ।
५ ) श्री समैजी मा.वि. गोदावरी न.पा.-८, कैलाली ।
६ )श्री सरस्वती आ.वि. गोदावरी न.पा.-४, खैराना, कैलाली ।
७)श्री सरस्वती मा.वि. गोदावरी न.पा.-९, सेहरी, कैलाली ।
८ )श्री शैलेश्वरी मा.वि. गोदावरी न.पा.-६, बडेहा, कैलाली ।
९ ) श्री दुर्गा भवानी मा.वि. गोदावरी न.पा.-७, हरैया, कैलाली ।
१० ) श्री कृष्ण आ.वि. गोदावरी न.पा.-२, तेघरी, कैलाली।
११ ) श्री नवज्योती मा.वि. गोदावरी न.पा.-३, बोजीया, कैलाली।
१२ ) श्री श्रीराम आ.वि. गोदावरी न.पा.-११, ओलानी, कैलाली।
१३ ) श्री सुदूरपश्चिम समावेसी आ. वि गोदावरी न.पा.-२, कैलाली

oplus_131072
oplus_131072
oplus_131072