
कोहलपुर: “ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोहलपुर ख शाखा कार्यालयको मिति २०८१ साल फागुन १६ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ सम्पन्न गरेको छ। नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रम मार्फत ग्रामीण विकासमा आफ्नो योगदानलाई पुनः प्रमाणित गरेको छ।


कार्यक्रमको सुरुवात कोहलपुर ख शाखाका शाखा प्रबन्धक श्री बसन्त घिमिरे ले गर्नुभयो र उहाँले कार्यक्रम सुरुवात गरेपछि शाखा कार्यलयका सम्पूर्ण कर्मचारीहरू साथै प्रादेशिक कार्यालय लुम्बिनी पाल्नु भएका प्रदेश प्रबन्धक रामनाथ महतो, केन्द्रिय कार्यालय तालिम विभाग बाट प्रेम कुमार नयाजु सँगै लुम्बिनी प्रदेश अनुगमन अधिकृत सन्जय राज बिष्ट र राजेन्द्र पन्थ आउनु भएको अतिथिहरूले परिचय गरेपछि शाखा प्रबन्धक श्री बसन्त घिमिरे ले संस्थाको २०८१ माघ मसान्त सम्मको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाको प्रगति र गतिविधिहरू बारे विस्तृत जानकारी गर्नुभयो।


कार्यक्रममा संस्थाका प्रदेश प्रबन्ध रामनाथ महतोको विशेष उपस्थिति रहेको थियो र उहाँले छिमेक लघुवित्तमा आबद्ध भएका सदस्यहरूलाई नेपालमा लघुवित्त वित्तीय संस्थाको भूमिका र आवश्यकताको बारेमा जानकारी दिँदै गरिब सदस्यहरूलाई बैङ्कले गरेको सहयोगबारे पनि व्याख्या गर्नुभयो। उहाँले संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित गतिविधिहरूबारे पनि प्रकाश पार्नुभयो।


कार्यक्रममा संस्थाका केन्द्रिय कार्यालय तालिम विभाग का सहायक प्रेम कुमार नायजुले छिमेक लघुवित्तमा आबद्ध भएका सदस्यहरूलाई नेपालमा लघुवित्त वित्तीय संस्थाको बारेमा जानकारी दिँदै वित्तीय लक्ष्य र भूमिका बारे गरिब सदस्यहरूलाई बैङ्कले गरेको कार्य सहित व्याख्या गर्नुभयो। उहाँले संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित गतिविधिहरू प्रस्ट पार्नु भयो ।

कार्यक्रमको अन्त्यमा विगत १४ बर्ष देखि कारोबार १० वटा विशिष्ट सदस्य हरुलाई सम्मान सहित प्रमाण पत्र त्यस्तै वार्षिक उत्कृष्ट १० वटा समूहलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो भने उक्त समूहका १० जना छोरीलाई रु ३६०००/ छात्रवृत्ति वितरण गरिएको थियो। साथै, उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यहरु लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रममा २ जना सदस्यहरूले नृत्य प्रस्तुत गरेका थिए भने उनीहरूलाई शुभकामना सहित नगद पुरस्कार प्रदान गरिएको थियो।
यस कार्यक्रमले छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिमा गरेको योगदानलाई प्रकाशमा ल्याएको छ। छिमेक लघुवित्त वित्तीय संस्था नेपालकै उत्कृष्ट लघुवित्त संस्थाको रूपमा परिचित छ र यसले गरिब तथा आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।



















