धनगढीमा ७५औं राष्ट्रिय चिकित्सक स्थापना दिवस सम्पन्न

Image
Nisarga Hospital

 धनगढी ः नेपाल चिकित्सक संघ धनगढी शाखाले ‘नेपालको लागि नेपाली चिकित्सक’ मुल नाराका साथ ७५ औं चिकित्सक स्थापना दिवस मनाएको छ । मंगलबार संघले धनगढीमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । क्रिकेट,फुडबल,ब्याडमिन्टन र मंगलबार एक कार्यक्रमको आयोजाना गरी समापन गरको हो ।

CP Hospital Dhangadhi

कार्यक्रका प्रममुख अतिथि सुदूरपश्चिम प्रदेशका सरकारका सामाजिक बिकास मन्त्री मेघराज खड्का रहनु भएको थियो । मन्त्री मेघराज खड्काले स्वस्थ्य क्षेत्रमा जति विकास हुनप्रर्ने हो त्यो हुन नसेकेको वताए । ‘स्वास्थ्य क्षेत्रमा विश्वभर आधुनिक प्रणालीको विकास भएपनि नेपालको स्वास्थ्य क्षेत्रमा अझैपनि समयसँगै उल्लेखनीय विकास हुन सकेको छैन,’ मन्त्री खड्काले भने, ‘ जनशक्तिको अभाव तथा स्वास्थ्य नीतिका कारण दूरदराजका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था अझै कायमै रहेको छ ।

Attariya Hospital

स्वास्थ्य क्षेत्रलाई सुधार गरेर लैजान स्वास्थ्यकर्मीहरुको पनि अहम मुमिका रहने उहाँले उल्लेख गनुभयो । अब छिट्टै निति र ऐन बनाएर कार्यान्वयन गर्न तिर लैजाने उहाँले बताए । पछिल्लो समयमा मन्त्रालयमा मृगौला पिडित , क्यान्सर पिडित लगायतका रोगहरुको रकम दिन सकेकाे छैन’ मन्त्री खड्काले भने, करिब ३ सयको हराहारीमा फाइलको चाँङ छन । समस्याको समाधानतिर आफु लागी परेको बताउदै,उनले सबै चिकित्सकहरुलाई स्वास्थ्य क्षेत्रलाई बलियो र समृद्ध बनाउँदै स्वस्थ समाज निर्माणका लागि एकजुट भएर लाग्न आग्रह गर्नु भयो । नेपाल चिकित्सक संघ धनगढी शाखाका अध्यक्ष तथा कार्यक्रका सभापति डा.खगेन्द्र प्रसाद भट्टले नेपालमा रहेका दक्ष चिकित्सकलाई प्रदेशमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताए । उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघ र प्रदेशले धारणा बनाउनु पर्ने बताए । नेपालको दक्ष चिकित्सकहरु विदेश पलायन हुने क्रम बढिरहेकाले नेपालको लागि नेपाली चिकत्सक भन्ने नाराका साथ संघको ७५ औं स्थापना दिवस मनाइएको डा. भट्टले बताए । संघ र प्रदेशले नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने विषयलाई प्राथमिकतामा राखि काम गरिरहेको डा भट्टले बताए । कायृक्रममा स्वागत मन्तब्य राख्दै डा.सुशिल भण्डारीले चिकित्सक माथी समय समयमा हुने आक्रमण दुव्र्यवहार लगायतका घटनाहरुले गर्दा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भइरहेको बताए । यस्ता समस समाधानका लागि संघ र प्रदेश सरकारले बलियो स्वास्थ्य नीति तथा परिणाममुखी कार्यक्रमहरु लागु गर्नुपर्ने बताए । उनले देशकै पहिलो व्यावसायिक संगठनको रुपमा फागुन २० गते संघको स्थापना भएको जानकारी दिए । डा.संगीता पाण्डेले सन्चालन गरेको कार्यक्रममा डा. सुभेषराज कायस्थ,डा.गणेशबहादुर सिंह,डा.शेरबहादुर कमर ,डा.प्रदिप मिश्र ,डा.सिपि लगाएत स्वस्थ्यकमीको सहभागीता रहेको थियो ।  

nawajiwan