टीकापुरमा टीकापुर साहित्य महोत्सव शुरू

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र टीकापुर साहित्य समाजको आयोजनामा आज (सनिबार)देखि टीकापुरमा टीकापुर साहित्य महोत्सव शुरू भएको छ।
पहलमानसिंह स्वार साहित्य विशेषका रूपमा शुरू भएको महोत्सवको सनिबार एक भव्य समारोहबिच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले उदघाटन गरेका छन्।

CP Hospital Dhangadhi

महोत्सवको उदघाटन गर्दे मन्त्री खड्काले साहित्यिक महोत्सवले प्रदेशको सांस्कृतिक र प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।
समारोहमा आयोजक संस्था सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले प्रथम मौलिक वियोगान्त नाटककार पहलमानसिंह स्वारको साहित्यिक योगदानलाई चिरस्थायी बनाउन महोत्सव आयोजना गरिएको बताए।उनले महोत्सवमा राजधानी काठमाडौ र अन्य जिल्लाबाट समेत विषय विज्ञहरू बोलाइएको र साहित्यिक बहसहरू सञ्चालन हुने समेत बताए।
कार्यक्रम संयोजक साहित्यकार महेशविक्रम शाहले तीन दिन सञ्चालन हूने साहित्यिक महोत्सवमा पाँच सय भन्दा बढी स्रष्टा, साहित्यकार, प्राध्यापक कवि र कलाकारको सहभागिता रहेको बताए। उदघाटन समारोहमा प्राडा अभि सुबेदीलगायतले शुभकामना प्रकट गरे।
महोत्सवको पहिलो दिन बौद्धिक ब्यक्तित्व हरि शर्माको समाज परिवर्तन र साहित्य विषयक प्रवचन सुन्न लायक थियो।

Attariya Hospital

यसै गरि पहिलो दिन नेपाली साहित्यको विकासमा पहलमानसिंह स्वारको योगदान विषयमा उपकुलपति डा. टीएन जोशी, प्राध्यापक ईश्वरी स्वार र उप प्राध्यापक ज्ञानु अधिकारीको विशेष बहस रहेको थियो । बहसको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए। महोत्सवको पहिलो दिन बिभिन्न पाँचवटा साहित्यिक सत्र सम्पन्न भएका छन्। जसमा देशका विशिष्ट साहित्यकारको सहभागिता थियो।

nawajiwan