स्ववियु:डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार कर्ण धामीको टिम बलियो बन्दै

Image
Nisarga Hospital

डडेल्धुरा-डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र समूहबाट कर्ण धामीको टिमले उम्मेदवारी दर्ता गराएको छ।नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीको टिमले उम्मेदवारी दर्ता गराएको हो।

CP Hospital Dhangadhi

अहिले स्वतन्त्र समुहको माहोल बन्दै गएपछि स्वतन्त्र समूहले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ|घोषणा पत्र सार्वजनिक गर्दै सभापति पदका उम्मेदवार धामी लेख्नुहुन्छ:

हामी सबैलाई थाहा छ,डडेल्धुरा बहुमुखी क्याम्पस कुनै बेला अध्ययन,अनुसन्धान र शैक्षिक गतिविधिका लागि परिचित थियो। तर, अहिले यो क्याम्पस गम्भीर संकटमा छ।

क्याम्पसमा भौतिक संरचना विस्तार भए पनि शैक्षिक गुणस्तर खस्किँदै गएको छ। हजारौँ विद्यार्थी अध्ययन गर्ने ठाउँमा अहिले नियमित पढ्न आउने विद्यार्थी नगन्य छन्। राजनीति हावी हुँदै जाँदा वास्तविक विद्यार्थी आवश्यकताहरू उपेक्षित छन्। यहाँ अध्ययनरत विद्यार्थीहरू असल वातावरण, गुणस्तरीय शिक्षा, पुस्तकालय, प्रयोगशाला, अनुसन्धान सुविधा, प्राध्यापकहरूको स्थायित्व, उचित व्यवस्थापन तथा क्याम्पस प्रशासनको जवाफदेहिताबाट बञ्चित छन्।

यसै सन्दर्भमा, हामी स्वतन्त्र विद्यार्थी समूह शैक्षिक पुनर्जागरणका लागि निम्न संकल्पसहित अगाडि आएका छौँ।

nawajiwan

शिक्षाको पुनर्जागरण – गुणस्तरीय शिक्षा हाम्रो पहिलो प्राथमिकता

हाम्रो दृष्टिकोण शिक्षालाई सुधारेर मात्रै क्याम्पसको पुनर्जागरण गर्ने हो। त्यसैले:
✅ विद्यार्थी वर्गमा अनुशासन र संस्कारको विकास गराइनेछ।
✅ स्नातक तह अध्ययनका लागि प्रचारप्रसार एवं विद्यार्थी भर्ना अभियान चलाइनेछ।
✅ क्याम्पसमा नियमित कक्षा सञ्चालन अनिवार्य गरिनेछ।
✅ स्थायी तथा योग्य प्राध्यापकको व्यवस्था गर्दै अस्थायी तथा करारमा पढाउनेहरूको पारिश्रमिक र कार्यसम्पादन अनुगमन गरिनेछ।
✅ देशका विशिष्ट विद्वान एवं शिक्षाविधहरुको विशेष उपस्थितिमा प्राध्यापकहरुको क्षमता अभिवृद्धि लागि प्राध्यापक शिक्षा कार्यशाला प्रत्येक वर्ष संचालन गरिनेछ।
✅ अनुसन्धान तथा प्राज्ञिक गतिविधिहरू प्रवर्द्धन गर्न छात्रवृत्ति तथा अनुसन्धान परियोजनाहरूको व्यवस्था गरिनेछ।
✅ दलिय एवं सत्तामुखी राजनीति बाट माथी उठेर विद्यार्थी वर्ग लाई संगठित गराइनेछ।
✅ पुस्तकालयमा नयाँ पाठ्यपुस्तक, डिजिटल सामग्री र अनुसन्धान पत्रहरू थप गरिनेछ।
✅ विद्यार्थीहरूका लागि निःशुल्क अतिरिक्त कक्षा (Remedial Classes) सञ्चालन गरिनेछ।
✅ विद्यार्थी शक्ति लाई राष्ट्र प्रथम भावका साथ कार्य गर्ने प्रेरणा एवं वातावरण प्रदान गरिनेछ।

प्रयोगात्मक सिकाइ – अध्ययन मात्रै होइन, व्यावहारिक ज्ञान पनि
डिजिटल युगमा अध्ययन गर्दा विद्यार्थीहरूले केवल किताबी ज्ञान मात्र होइन, व्यावहारिक सीप पनि सिक्नुपर्छ।
✅ IT, सूचना प्रविधि व्यवस्थापन विषयहरु लाई पुर्व योजनाका साथ पुनः संचालनमा ल्याइ त्यसका लागि अनिवार्य स्थायी प्राध्यापकहरु र अत्याधुनिक प्रयोगशाला स्थापना गरिनेछ।
✅ सूचना प्रविधि (I.T) को लागि अत्याधुनिक Computer Lab, High-Speed Internet र Software को व्यवस्था गरिनेछ।
✅ प्रयोगात्मक विषयहरूमा अनिवार्य रूपमा Practical Learning System लागू गरिनेछ।
✅ विद्यार्थीहरूलाई इन्टर्नशिप, व्यवसायिक तालिम र रोजगारीसँग जोड्ने कार्यक्रम ल्याउन विशेष पहल गरिनेछ।
✅ छात्र तथा छात्राहरूका लागि सुरक्षित र व्यवस्थित छात्रावासको निर्माण विशेष पहल गरिनेछ।
✅ क्याम्पसमा शुद्ध खानेपानी, सरसफाइ र सुरक्षित शौचालय को व्यवस्थित व्यवस्था अनिवार्य गरिनेछ।
✅ क्याम्पसमा Free WiFi Zone र Digital Classroom को व्यवस्था गरिनेछ।

अतिरिक्त गतिविधि र नेतृत्व,व्यक्तित्व – विद्यार्थीहरूलाई रचनात्मक एवं सिर्जनात्मक बनाउन
✅ सार्वजनिक वक्तृत्वकला, वादविवाद प्रतियोगिता, नेतृत्व तथा व्यक्तित्व विकास तालिमहरू आयोजना गरिनेछ।
✅ विद्यार्थीहरूलाई उद्यमशीलता, व्यवसाय विकास कम्प्युटर र स्टार्टअप सम्बन्धी तालिम प्रदानका लागि विशेष पहल गरिनेछ
✅ खेलकुद, कला, साहित्य, संगीत, कविता, हाजिरिजवाफ,नाटक तथा अन्य अतिरिक्त गतिविधिहरूको प्रवर्द्धन गरिनेछ।
✅ वार्षिक सांस्कृतिक तथा शैक्षिक वार्षिकोउत्सबको आयोजना गरिनेछ।

प्रशासनमा सुधार बिना क्याम्पस सुधार असम्भव छ। त्यसैले:
✅ शुल्क संरचनामा पारदर्शिता ल्याइनेछ, अनावश्यक शुल्क हटाइनेछ।
✅ विद्यार्थीहरूका गुनासो समाधान गर्न ‘स्टुडेन्ट हेल्प डेस्क’ स्थापना गरिनेछ।
✅ क्याम्पस प्रशासन, विद्यार्थी र प्राध्यापकबीच नियमित समन्वय बैठक अनिवार्य गरिनेछ।

राजनीतिक हस्तक्षेपको अन्त्य – अध्ययन केन्द्रित विद्यार्थी जीवन
क्याम्पसलाई राजनीतिक केन्द्र होइन, शिक्षा केन्द्रित बनाउनु नै हाम्रो प्रतिबद्धता हो।
✅ राजनीतिक हस्तक्षेपलाई न्यूनीकरण गर्दै क्याम्पसलाई आदर्श शिक्षालय बनाइनेछ।
✅ विद्यार्थी संगठनहरूलाई आन्दोलन र तोडफोडबाट अलग राख्दै शैक्षिक सुधारमा केन्द्रित गराइनेछ।
✅ विद्यार्थीहरूमाथि कुनै पनि प्रकारको जबरजस्ती, डर-त्रास र हिंसा हुन दिइनेछैन।
✅ स्वतन्त्र विद्यार्थी समुहले कहिले पनि व्यक्तिगत स्वार्थमा निहित हरेर क्याम्पसमा ढुङ्गामुडा, तालाबन्दी,टायर बाल्ने,धम्काउने जस्ता अराजक एवं अमानवीय कार्य नगरी नगराइ गर्न नदिइ मात्रै रचनात्मक एवं सिर्जनात्मक कार्य गर्दै क्याम्पस विश्वविद्यालय र गुरुवर्गको सम्मानलाई उच्चस्थानमा राख्नेछ।

क्याम्पसको वास्तविक समस्या नयाँ संकाय खोल्ने होइन, पहिलेका संकायलाई व्यवस्थित पार्नु हो।
✅ हालका संकायहरूलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाइनेछ।
✅ डिग्री हासिल गर्ने विद्यार्थीहरूलाई अनुसन्धान, परियोजना कार्य र उद्योगसँगको समन्वयको अवसर उपलब्ध गराइनेछ।

हाम्रो संकल्प – शिक्षा सुधारको ग्यारेन्टी
हामी कुनै भ्रामक सपना देखाएर भोट माग्न आएका छैनौं। हामी तपाईंहरूकै समस्या लिएर आएका हौं। हाम्रो उद्देश्य क्याम्पसलाई आन्दोलन र तोडफोडको केन्द्र होइन, अध्ययन, अनुसन्धान र नवप्रवर्तनको थलो बनाउनु हो।

Attariya Hospital

यदि तपाईं शिक्षामा सुधार, विद्यार्थी अधिकार र व्यवस्थापन सुधारको पक्षमा हुनुहुन्छ भने, स्वतन्त्र विद्यार्थी समूहलाई मतदान गर्नुहोस्।

“शिक्षा सुधारको पहरेदार, विद्यार्थी हकहितको पहिचान!”
स्वतन्त्र विद्यार्थी समूह – तपाईंहरूको सशक्त प्रतिनिधित्व!

शिक्षालाई राजनीति होइन, गुणस्तर आवश्यक छ!

डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नजिकिँदै गर्दा, हामी विद्यार्थीले गम्भीर रूपमा सोच्ने बेला आएको छ—के हाम्रो शैक्षिक भविष्य दलगत स्वार्थका हातमा सुम्पिन सकिन्छ? शैक्षिक संस्थाहरू ज्ञान, अनुसन्धान र मौलिक सोचको केन्द्र हुनुपर्नेमा अहिले दलीय हस्तक्षेपको शिकार बन्दै गएका छन्। यही कारणले गर्दा विद्यार्थीका वास्तविक समस्याहरू ओझेलमा परेका छन्, प्रशासन उत्तरदायी बन्न सकेको छैन, र हाम्रो शिक्षाको गुणस्तरमा गिरावट आइरहेको छ।

अब समय बदल्नुपर्छ! विद्यार्थी राजनीतिलाई भागबण्डाको खेल होइन, शैक्षिक सुधारको बलियो माध्यम बनाउन आवश्यक छ। यसै उद्देश्यका साथ स्वतन्त्र विद्यार्थी समूह बाट मेरो उम्मेदवारी घोषणा गर्दछु। हाम्रो अभियान कुनै पार्टीको स्वार्थ पूरा गर्न होइन, विद्यार्थी हकहित, शैक्षिक गुणस्तर, पारदर्शी स्ववियु, र आधुनिक विश्वविद्यालय संरचनाको लागि समर्पित हुनेछ।

हामी केका लागि लड्नेछौं?
✅ गुणस्तरीय शिक्षा—सैद्धान्तिक होइन, व्यावहारिक सीपमूलक शिक्षाको प्रवर्द्धन
✅ विद्यार्थी अधिकार—शिक्षामा पहुँच, छात्रवृत्ति, र अन्य सेवा सहज बनाउने
✅ पारदर्शी स्ववियु—भ्रष्टाचार र अनियमितताविरुद्ध कडा कदम
✅ स्वायत्त क्याम्पस प्रशासन—राजनीतिक हस्तक्षेपमुक्त, शैक्षिक सुधारमुखी नीति
✅ आधुनिक विश्वविद्यालय संरचना—स्मार्ट क्याम्पस, प्रविधिमैत्री शिक्षा प्रणाली

स्ववियु केवल दलगत खेल होइन, यो विद्यार्थीको हकहितको पहरेदार संस्था हो। त्यसैले, आगामी चैत्र ५ गते हुने निर्वाचनमा तपाईंको एक मतले निष्पक्ष, पारदर्शी, र सक्षम नेतृत्व निर्माण गर्नेछ।

✊ अबको नारा:
✅ “शिक्षालाई राजनीतिबाट मुक्त गरौं, गुणस्तरमा सुधार ल्याऔं!”
✅ “विद्यार्थी अधिकारमा सम्झौता हुँदैन, निष्पक्ष नेतृत्वको विकल्प हुँदैन!”
✅ “सीप, शिक्षा, र समान अवसर—अबको स्ववियुको आधार!”

स्वतन्त्र विद्यार्थी समूहलाई विजयी बनाऔं, विद्यार्थी हकहितलाई बलियो बनाऔं! भन्ने नारा सहित स्वतन्त्र समुह बाट सभापति:कर्ण धामी,सचिव: बिर धामी,कोषाध्यक्ष: जयन्ती साउद,सदस्य: चन्द्र धामी,सदस्य: किरन बोहोरा र सदस्य: कृष्ना साउदको टिमले उम्मेदवारी दर्ता गराइ चुनावी मैदानमा होमिएका छन्।