
धनगढी ः बेरोजगार युवा युवतीलाई बिभिन्न सिप मार्फत श्रम बजारमा स्थापित गर्ने र आयआर्जनमा सुधार गर्ने उदेश्यले धनगढीमा जारी सञ्चालित सीप तथा रोजगार मेला यतिबेला आकर्षणको केन्द्र बिन्दु बनेको छ । बेरोजगारीका कारण घरमै बस्न बाध्य भएका र इच्छाशक्ति भएपनी बिभिन्न कारणले रोजगारी खोज्दै भौतारिनेहरुका युवा शक्तिका लागी धनगढी उपमहानगरपालीकाले आयोजना गरेको उक्त मेला धेरैका लागी अवसर बनेको छ ।

धनगढी उपमहानगरपालीकाले निशुल्क रुपमा सिपमूलक तालिम दिइरहेको र तालिमपछि रोजगारीको अवसर पाइने हुँदा तालिममा सहभागीहरु निकै खुसी बनेका छन् । सिप तथा रोजगार मेलामा सैदान्तीक तथा ब्यवहारीक रुपमा प्रयोगात्मक अभ्यासका साथ प्रशिक्षकहरुले तालिम दिइरहेका छन् । डकर्मी तालीम प्रशिक्षक लक्ष्मी रानाले घर निमार्ण गर्दा चाहिने सामाग्रीका बारेमा र घर निमार्ण कसरी गर्ने भन्ने बारेमा अभ्यास गराइरहेको बताईन् । कैलालीको धनगढी १ स्थीत खुला मञ्चमा फागुन ८ गतेदेखि सञ्चालीत सीप तथा रोजगार मेलामा १ हजार ४० जना बेरोजगार युवा युवतीहरु अहिले विभिन्न २९ ओटा सिप तथा तालिम सिकिरहेका छन्। त्यसमध्ये डकर्मीको तालिम लिएर जिवनमा केही परीवर्तन गर्ने उदेश्यका साथ बेरोजगार भएर बसेकाहरु यो सिप सिकीरहेका छन् । धनगढी उपमहानगरपालीका ९ बनदेवी टोलकी मञ्जु भट्ट डकर्मीको तालिम लिन पाउँदा निकै खुसी छिन् ।

डकर्मीको काम र अर्थ समेत थाहा नपाएकी उनी सीप तथा रोजगार मेलाबाट धेरै जानकारी पाएको बताइन् । सीप तथा ब्यवहारिक तालिम सिकाएरै रोजगार तर्फ उन्मुख गराउने उपमहानगरपालीकाको योजनाले धेरै बेरोजगार युवायुवतीलाई आत्मनिर्भर बन्ने बिश्वास दिलाएको छ । धनगढी उपमहानगरपालीका १ स्थीत खुला मञ्चमा सञ्चालित जारी सीप तथा रोजगार मेलामा ५० जना डकर्मी तालिम सिकीरहेका छन् । दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म पहिलो चरण र दिउँसो १ बजेदेखि ५ बजेसम्म दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ । डकर्मी तालिममा पुरुष भन्दा महिलाहरूको आकर्षण बढी रहेको पाइएको छ । डकर्मी तालिम अवधीमा डकर्मीको महत्व बारेमा जानकारी पाएको तालिममा सहभागी बताउनछन् ।

दैनिक दुई चरणमा २९ वटा तालिम सञ्चालन भइरहेका छन् । बिहान ८ बजेदेखि १२ बजेसम्म पहिलो चरण र दिउँसो १ बजेदेखि ५ बजेसम्म दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ । बाँकी ११ वटा तालिम बिहान १० देखि ४ बजेसम्म एकैचरणमा सञ्चालन हुन्छन् । सिप तथा रोजगार मेलामा तालिममा सहभागी हुनेमा सुदूरपश्चिमका ३९ स्थानीय तहका ५७० जना पुरुष र ४७० जना महिला रहेका छन् ।
































