बाजुरामा विद्यालयका विद्यार्थीलाई लागु औषध नियन्त्रण सम्बन्धी सचेतना अभियान

Image
Nisarga Hospital

जिल्लामा लागु औषध नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले विद्यार्थीहरुसंग सचेतना अभियान संचालन गरिएको छ ।

CP Hospital Dhangadhi

बाजुराको जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध सेवनका कारण बाट पर्ने असर र लागु औषधले हुने हानी नोक्सानी र कुलतबाट बच्ने उपायका साथै कानुनी उपचारका विषयमा सहजीकरण कार्यक्रम गरिएको हो ।

जिल्लामा रहेका १८ देखि २० वर्षका बालबालिकाहरु लागु औषध प्रयोग गर्ने र कुलतमा फस्ने गरेकाले कुलतबाट बच्नका लागि यस्ता औषधीहरुबाट टाढा रहन विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको छ ।
जिल्लामा रहेका बालबालिकाहरु लागु औषधको कुलतमा लागेकाले यस्ता कार्यमा सचेत रहनुपर्नेमा प्रशिक्षण गरिएको हो ।

nawajiwan
Attariya Hospital

लागु औषध सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या,जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरी र सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता लोकबहादुर रावलले सहजीकरण गरेका थिए ।

लागु औषध प्रयोग तथा ओसार पसारमा लागेको कानुनी दायरामा ल्याएर सजाय भोग्नुपर्ने र यस्ता कार्यमा सबैलाई सचेतना फैलाउन आग्रह गरिएको छ ।