अध्यक्ष रोकायाकै गृह वडामा ताला, विकास निर्माणमा सौतेनी ब्यवहार गरेको स्थानियको आरोप

Image
Nisarga Hospital

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–१ नं वडा कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । जहाँ गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको गृृह वडा रहेको पाइएको छ । अध्यक्ष रोकायाका सहोदर भाई अर्जुन रोकाया लगायतका स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गर्नुभएको हो ।

CP Hospital Dhangadhi

उक्त वडा कार्यालयमा ताला लगाउन स्वयम् वडा अध्यक्ष देवेन्द्र रोकाया समेतकाे सर्मथन सहित पालिकाका अध्यक्ष राेकायाका सहाेदर भाई अर्जुन रोकाया,जिवन राेकाया लगायतकाे टाेलीले वडा कार्यालयमा तालाबन्दी गरेकाे छ ।

गौमुल गाउँपालिकाको वडा नं एक अम्लिसलाई विकास निर्माणमा पालिकाले सौतेनी ब्यहार गरेको हुँदा उक्त वडा कार्यालयमा ताला लगाईएको स्थानिय अर्जुन रोकायाले बताएका छन् । विगत सात बर्ष देखी वडा कार्यालयमा सचिव नभएको उहाँले बताउनुभयो । वडामा सचिव नहुँदा नागरिकहरुलाई समस्या हुने गरेको स्थानिय रोकायाले बताउनुभयो ।

nawajiwan

उहाँले भन्नुभयो ,पालिकाको स्थानिय सरकार आएको करिब ८ बर्ष पुरा भयो,आफ्नो वडामा न सडक पुगेको छ,न संचारको पहुँचमा यहाँका नागरिक छन्,हामीलाई पालिकाले सौतेनी ब्यवाहार गरेको बताउनुभयो । उक्त वडामा अहिले सम्म सडक,संचार,स्थास्थ्य नभएका कारण स्थानिय नागरिकहरुले ठुलो समस्या भोग्नुपरेको उहाँले भन्नुभयो ।

त्यहाँका नागरिकहरुले सिफारिस मात्र लिनका लागी वडामा सचिव नहुँदा तिनचार घण्टाको पैदल बाटो हिँडेर गाउँपालिका जानुपर्ने बाध्याता रहेको स्थानिय रोकायाले बताएका छन् । गौमुल गाउँपालिकाको सवैभन्दा ठुलो वडा सहित मतदाता संख्या बढी भएको वडा अम्सिस हो,उहाँले भन्नुभयो । तर अहिले सम्म उक्त वडामा कुनै विकास निर्माण काम नभएको र यहाँका नागरिकहरु विभिन्न सेवासुविधाबाट बञ्चित भएका कारण वडा कार्यालयमा ताला लगाउनुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो ।

Attariya Hospital

पालिकामा जनप्रतीनिधीहरु नबस्ने गरेको उहाँले बताउनुभयो । विकास निर्माणमा नितिगत भष्टाचार हुने गरेको एक स्रोतले जनाएको छ । गौमुल गाउँपालिमा केही समय अगाडी विकास निर्माणमा जिल्लाको उत्कृष्ठ पालिका भन्ने समाचारहरु सुनिन्थो,तर अहिले सम्म पालिकाका अध्यक्ष रोकायाकै गृह वडामा संडक,संचार लगायतका विकास निर्माण नभएको पाईएको छ ।

वडा कार्यालयमा लगाईयको ताला नागरिकहरुका माग पुरा नभएसम्म तालाबन्दी गर्ने अर्जुन रोकायाले बताएका छन् । सात बर्ष देखी वडामा सचिव विहिन भएको तथा सडक निर्माणका लागी बजेट विनियोज भएको भएता पनी अहिले सम्म निर्माण गर्ने कुनै सुरसार छैन्,उहाँले भन्नुभयो ।

यता गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष देवेन्द्र रोकायाले यहाँका नारिकहरुको समस्या गाउँपालिकाले सुनुवाई नगरेको आक्रोसमा वडामा स्थानियहरुले तालाबन्दी गरेको बताएका छन् । उहाँका अनुसार गाउँपालिका सरकार स्थापना भएको आठ बर्ष पूरा भईसक्दा पनी आफ्नो वडामा विकास निर्माणका कामहरु नभएको बताएका छन् ।

पटक पटक गाउँपालिकालाई यहाँको विकास नभएको जानकारी गराउँदा पनी गाउँपालिकाले सुनुवाई नगर्ने गरेको उहाँले दुख व्यक्त गर्नुभयो । वडामा अहिले सम्म सडक निर्माण नभएको,सात बर्ष देखी वडामा सचिव विहिन भएको,विधुत लगायतका थुप्रै विकास निर्माणका कामहरु अलपत्र रहेको उहाँले भन्नुभयो । आफु नागरिकको सवालमा सदैव साथमा रहेको बताउर्दै,यहाँको विकास निर्माणमा ध्यान जान वडा अध्यक्ष रोकायाले गाउँपालिकालाई चेतावनीे दिनुभयो ।गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया दुईबर्ष यता पालिकामा नबस्ने गरेकाे पाईएको छ ।