जारी सिप तथा रोजगार मेलामा रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क तालिम निकै प्रभावकारी बन्दै

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुला मञ्चमा जारी सिप तथा रोजगार मेलामा रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क सम्बन्धी तालिम निकै प्रभावकारी बनिरहेको छ । फागुन ८ गतेदेखि सञ्चालीत सीप तथा रोजगार मेलामा विभिन्न २९ विधामध्ये रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क सम्बन्धी तालिम युवा युवतीको रोजाईमा परेको हो । बिभिन्न संघ संस्था, बिद्यालय, अस्पताल, होटल लगायत बिभिन्न कार्यालयको अतिथी स्वागत, सोधपुछ तथा अन्यबिवरण राख्न राखिएको कर्मचारीलाई रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क भनिएको हो ।

CP Hospital Dhangadhi

तालिममा सहभागी धनगढी मिलनचोककी गरिमा दाहालले बेरोजगार भएर खाली बसेका युवा युवतीका लागी रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क तालिम निकै उपयोगी र आकर्षक रहेको बताईन् । रिसेप्सनिष्ट कुनै पनी संघ संस्थाको मुख्य केन्द्र रहेकाले आउने अतिथीलाई स्वागत, सोधपुछ, ब्यवहार, हंसिलो मुहार जस्ता बिषयहरु के कसरी गर्ने भन्ने बारेमा जानकारी पाएको बताईन् । उनले कामप्रति निकै रुची रहेकोमा आफ्नो चाहाना उपमहानगरपालीकाले पुरा गरेकोमा यो तालिमबाट धेरै कुराहरु सिकेको बताइन् । तालिम सिकीसकेपछि अब अन्य बिभिन्न कार्यालय तथा संघ संस्थामा जवका लागी फाराम भरेर स्वरोजगार बन्ने सोचमा रहेको दाहाले बताए । बिभिन्न ठाउँमा रिसेप्सनिष्ट जबको लागी जाँदा ज्ञान भएपनी प्रमाण पत्र नहुँदा समस्या हुने गरेकोमा सिप तथा रोजगार मेलाबाट तालिम सिक्ने पाउँदा सुखी लागेको धनगढीकी गिता खड्काले बताईन् । उनले तालिमबाट आफुले प्रमाणपत्र पाउने भन्दै अब रोजगारका लागी थुप्रै अवसर पाउने बताइन् ।

nawajiwan

२२ दिनको अवधीमा रिसेप्सनिष्टको तालिम सिक्दा धेरै कुराहरुको जानकारी पाएको उनले बताईन् । रिसेप्सनिष्टलाई सामान्य रुपमा हेरिएपनी फोन कसरी उठाउने, कुराकानी गर्ने तरिका, को सँग कसरी बोल्ने,ग्राहकलाई आफुतिर कसरी आर्कषण गर्ने, रिसेप्सनिष्टका गुणलगायतका धेरै कुराहरु सिकेको उनको भनाई छ ।

Attariya Hospital

रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क सम्बन्धी तालिममा अहिले धनगढी उपमहानगरपालीकाले ५० जना युवायुवतीलाई निशुल्क सिप तथा तालिम दिइरहेको छ । रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्क सम्बन्धी तालिमप्रति सहभागी युवा युवती निकै उत्सुक भएर र बिदेश जानुभन्दा स्वदेशमै गर्ने योजना र उदेश्य रहेको बताउँछन् । तालिममा कतीपय सहभागीहरु पार्ट टाईममा जबमा लाग्ने त कलेज तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थी पढाईका साथै जब अगाडी बढाउने योजना रहेको बताए ।

रिसेप्सनिष्ट तथा फ्रन्ट डेक्कमा के कस्तो कामहरु सिकाईन्छ सो बिषयमा सिप तथा तालिम दिइरहेको मुख्य प्रशिक्षक रोशना गुरागाँईले बताईन् । उनले फागुन ८ गते देखी तालिममा बर्तमान समयमा रिसेप्सनिष्टको माग,आवश्यकता के कस्तो भनेर सहभागीहरुलाई प्रशिक्षण गराईरहेको बताईन् । दैनिक रुपमा सहभागीहरु उत्साहित भएको र नियमीत रुपमा सिकीरहनुभएको बताईन् । उनले सहभागी प्रशीक्षार्थीहरुलाई सिपसँगै मोटीभेसन तथा कन्फीडेण्ट लेवल बढाउने जस्ता कृयाकलापमा जोड दिएको बताईन् ।

यस्ले भोलीको दिनमा जुनसुकै क्षेत्रमा भएर पनी काम गरेर स्वरोजगार बन्नेसक्ने उनले तर्क गरिन् । उनले यस्तो किसीमको तालिम बाहिर कुनैपनी क्षेत्रमा नभएको, नसिकाइएकोले आफ्नो लामो कार्यअनुभव तथा ज्ञानले सिप तथा तालिम सिकाईरहेको बताईन् । सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ५७० जना पुरुष र ४७० जना महिला गरि १ हजार ४० जना युवा युवतीलाई तालिम सिकाईदैछ ।